फेरि बढ्यो पेट्रोलियम पदार्थको मुल्य , ११ दिनमा दुई पटक मुल्य बृद्धि

फेरि बढ्यो पेट्रोलियम पदार्थको मुल्य , ११ दिनमा दुई पटक मुल्य बृद्धि

  • मङ्लबार, पुस ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडौं ,पुस ४ ।

नेपाल आयल निगमले इन्धनको मुल्य फेरि बढाएको छ । निगमले गत मंसिर २२ गतेमात्र पेट्रोलियम पदार्थको मुल्य बढाएको थियो ।

अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्य बढेकाले नेपालमा समेत समायोजन गरेको निगमले प्रस्ट पारेको छ ।

आज राती १२ बजेबाट लागु हुने गरी प्रतिलिटर पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ वृद्धि भएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो ।

भारतीय आयल निगम(आइओसी)ले पठाएको नयाँ मूल्यसूची अनुसार इन्धनको मूल्य समायोजन गरिएको गोइतको भनाई छ ।

नयाँ मूल्य लागू भएपछि प्रतिलिटर पेट्रोल १ सय १ रुपैयाँ, डिजेल र मटितेल ७८ रुपैयाँ पर्नेछ । एलपी ग्यास र हवाई इन्धनको मुल्य भने यथावत छ ।

नयाँ मूल्य सुचीअनुसार प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ ६७ पैसा र मटितेलमा १५ रुपैयाँ २७ पैसा नाफा छ ।

डिजेलमा भने प्रतिलिटर १ रुपैयाँ ७४ पैसा घाटा रहेको निगमको भनाई छ । मूल्य समायोजनपश्चात् निगमको घाटा ११ करोड ३९ लाख रुपैयाँ रहेको प्रवक्ता गोइतले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ