हुलाकी राजमार्गमा १० नयाँ आधुनिक शहर, परामर्शदाता नियुक्त गरिँदै

हुलाकी राजमार्गमा १० नयाँ आधुनिक शहर, परामर्शदाता नियुक्त गरिँदै

  • मङ्लबार, पुस ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

४ पुस,काठमाडौँ । सरकारले हुलाकी राजमार्गमा १० नयाँ शहर बसाउने योजनाअनुसार परामर्शदाता नियुक्तिको प्रक्रिया थालेको छ ।
शहरी विकास मन्त्रालयअन्तर्गतको नयाँ शहर आयोजनाले काम थालेको हो ।आयोजना प्रमुख पराग कायस्थका अनुसार २ मंसिरमा परामर्शदाताका लागि आवेदन मागिएको थियो । हालसम्म आएका निवेदनहरुको प्राविधिक र आर्थिक मूल्यांकनको काम भइरहेको छ ।

सातवटा प्याकेटमा काम गर्ने गरी ४९ वटा निवेदन परेका छन् । उनले भने,तीमध्येबाट १४ पुसभित्रमा परामर्शदाता छनोट गरिने कायस्थले जानकारी दिए । ‘फागुन पहिलो सातादेखि एकीकृत विकास योजना निर्माण शुरु हुनेछ’ ।

आयोजनाका लागि चालु आर्थिक वर्षमा एक करोड ८६ लाख रुपैयाँ विनियोजन भएको छ । १५ वटा शहरलाई १० वटा प्याकेजमा व्यवस्थापन गर्ने आयोजनाको लक्ष्य छ ।

शहरका एकीकृत विकास योजना निर्माणको समय पाउने र पाँच वर्षभित्र न्यूनतम पूर्वाधारयुक्त शहर विकास गरिसक्ने लक्ष्य छ । सरकारले मध्यपहाडी राजमार्गमा जस्तै हुलाकी मार्गमा पनि आधुनिक शहर बसाउन लागेको हो । हुलाकी सडकको दायाँ–बायाँ तीन किमि क्षेत्रमा त्यस्ता शहर बसाउने सरकारी योजना छ ।

जमिनको उपलब्धता, जनसंख्या, जनघनत्व, नोडल–जक्सन, आर्थिक विकासको सम्भावना, गैरकृषिमा संलग्न जनसंख्या, खानेपानीको स्रोत, बसाइँसराइ, सरकारी सेवाको अवस्था, साक्षरता र सडकको पहुँचजस्ता ११ सूचकलाई आधार मानेर शहर बस्ने क्षेत्र छनोट गरेको छ ।

१७ सय ९२ किमि लामो हुलाकी राजमार्गले झापाबाट कञ्चनपुर जोड्ने छ । सातमध्ये चार वटा प्रदेशमा व्यवस्थित बस्ति बसाउने योजना रहेको छ ।

प्रदेश नं. १ मा झापाको गौरीगञ्ज र मोरङको रंगेली, प्रदेश नं. २ मा बाराको गढीमाई, सर्लाहीको ईश्वरपुर, सप्तरीको शम्भुनाथ, महोत्तरीको बलावा सरपल्लो, प्रदेश नं. ५ मा बर्दियाको राजापुर र नवलपरासीको बर्दघाट तथा प्रदेशन.ं ७ मा कञ्चनपुरको बेलौरी र कैलालीको भजनी त्रिशक्तिमा शहर विकास गरिने छ ।

हुलाकी राजमार्गले जोडेका २० जिल्लाका बासिन्दाको जीवनस्तर उकास्न आधुनिक शहर निर्माण गर्ने अवधारणा छ ।
शहरी विकास डिभिजन कार्यालय, मोरङले नयाँ शहरलाई व्यवस्थित गर्ने योजना अगाडि बढाएको छ ।

१० करोड लागतमा सडक र नाला निर्माण शुरु हुने डिभिजन कार्यालयले रंगेलीको व्यवस्थापनका लागि डीपीआर तयार पारिसकेको छ ।

डिभिजन प्रमुख श्यामकिशोर सिंहका अनुसार विभागको स्वीकृति आएसँगै ठेक्का प्रक्रिया अगाडि बढाइने छ । पहिलो चरणमा सडक र नाला व्यवस्थापन तथा दोस्रो चरणमा योजनाबद्ध बस्ति विकास गरिने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ