पुनःनिर्माणका लागि प्राविधिक खटाइयो

पुनःनिर्माणका लागि प्राविधिक खटाइयो

  • मङ्लबार, पुस ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

लमजुङ, ४ पुस ।
लमजुङका स्थानीय तहमा घर पुनःनिर्माणका लागि प्राविधिक खटाइएको छ । भूकम्पपछिको पुनःनिर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरण मार्फत् प्राविधिकलाई स्थानीय तहमा खटाइएको हो ।

जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा प्राविधिकलाई निर्देशन र सुझावसहित विनाशकारी भूकम्पपछि जिल्लाको अवस्थाबारे जानकारी गराइएको थियो ।

जिल्लामा इञ्जिनियर, सव इञ्जिनियर, असिस्टेन्ट सव इन्जिनियर गरी २५ जना प्राविधिक खटिएका र उनीहरूले पुनःनिर्माण गरिएका घरको निरीक्षण र जाचँपास, निर्माणाधिन घरमा प्राविधिक सल्लाह दिने, घर निमार्णका लागि किस्ता सिफारिस गर्ने लगायतका कामगर्ने छन् ।

भूकम्पबाट लमजुङका १३ हजार ९५९ घर पूर्ण क्षति र ५३९ घर प्रवलीकरण अन्तर्गतका लाभग्राही सूचीमा रहेकामा १२ हजार ५६१ घरपरिवारले पहिलो किस्ता बराबरको रु ५० हजार बुझिसकेका छन् भने करिब एकहजार पाँचसय घर निमार्ण्धिन अवस्थामा छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ