ट्रम्पले पाेखे आक्रोश : डिभीबाट आउनेहरु फोहोरको टोकरीमा फाल्न मात्रै योग्य

ट्रम्पले पाेखे आक्रोश : डिभीबाट आउनेहरु फोहोरको टोकरीमा फाल्न मात्रै योग्य

  • सोमवार, पुस ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 12.1K
    SHARES

एजेन्सी :  राष्ट्रपतिका लागि चुनावी अभियानदेखि नै डिभी चिठ्ठा कार्यक्रम बन्द गर्ने नारा बनाएकाअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिभी लोट्री कार्यक्रमबारे कडा टिप्पणी गरेका छन् । डिभी चिठ्ठाबाट अमेरिका पुगेका नेपालीसहित तेस्रो विश्वका नागरिकमाथि निशाना साँध्दै उनले शुक्रबार अझ कडा टिप्पणी गरेका हुन् ।

उनले उनीहरुलाई उपयोग गर्न नमिल्ने अर्थात ‘फोहोर’ को संज्ञा दिएका हुन् । ‘तिनीहरु उपयोगी हुन्छन् भनेर कसरी विश्वास गर्न सकिन्छ ?’, शुक्रबार आयोजित एफबिआई एकेडेमीको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले कटाक्ष गर्दै भने, ‘ती सबै फोहोरको टोकरीमा हाल्न मात्र काम लाग्छन् ।’

राष्ट्रपति ट्रम्पले डिभी लोट्रीबाट अमेरिका भित्रिने विदेशी नागरिक समग्र सुरक्षाका लागि समेत चुनौति भएको बताउँदै आएका छन् ।

केही महिनाअघि न्यूयोर्क सहरमा भएको आतंकारी आक्रमणमा समेत डिभी चिठ्ठा कार्यक्रमबाट अमेरिका भित्रिएका व्यक्तिको स‌ंलग्नता पाइएपछि ट्रम्प आक्रमक बनेका हुन् ।

अमेरिकाले हरेक वर्ष ५० हजार आप्रवासीलाई चिठ्ठा कार्यक्रममार्फत भित्र्याउँदै आएको छ । नेपालबाट अहिलेसम्म करिब १६ हजारजना यही कार्यक्रममार्फत अमेरिका पुगिसकेका छन् । गत वर्ष ३४ सय नेपाली डिभी चिठ्ठाबाट अमेरिका प्रवेश गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ