रोहिंग्यामाथि सुचीकै संलग्नतामा दमन भएको राष्ट्रसंघको आरोप

रोहिंग्यामाथि सुचीकै संलग्नतामा दमन भएको राष्ट्रसंघको आरोप

  • सोमवार, पुस ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

एजेन्सी , पुस ३ ।
नोबेल शान्ति पुरस्कार विजेता आङ साङ सुचीकै संलग्नता म्यान्मारमा अल्पसंख्यक रोहिंग्या मुस्लिम समुदायमाथिे दमन भएको संयुक्त राष्ट्रसंघले आरोप लगाएको छ ।

संयुक्त राष्ट्रसंघीय मानवअधिकार निकायका प्रमुख जेड राड अल हुसेनले म्यानमार नेतृ सुचीले नै अल्पसंख्यक रोहिंग्यामाथि दमन गर्न स्वीकृति दिएको आफूलाई लागेको बताएका छन् ।

सैन्य कारबाहीमा हजारौं रोहिंग्या मुसलमान मारिएको तथा लाखौं विस्थापित गरिएकाले उक्त निर्णय उच्चस्तरमा लिइएको हुनसक्ने हुसेनको भनाइ छ ।

हिंसा फैलनु अगाबै सुचीलाई सैन्य कारबाही अन्त्य गर्न आफूले भनेको दावी उनको छ । म्यान्मारका नेताहरुले आम नरसंहारको अभियोग खेप्नसक्ने चेतावनी पनि हुसेनले दिएका छन् ।

रोहिंग्यामाथि स्तब्ध बनाउने गरी निर्मम आक्रमण गरिएको भन्दै उनले त्यसबारे अन्तर्रा्ष्ट्रियस्तरमा फौजदारी अनुसन्धान गर्न पनि आह्वान गरेका छन् । सुचीले भने यसबारे कुने प्रतिक्रिया दिएकी छैन् ।

डिसेम्बर महिनाको सुरुसम्ममा म्यान्मारको जनसंख्याको झन्डै एक तिहाइ अर्थात ६ लाख ५० हजार रोहिंग्या मुस्लिम समुदाय बंगलादेश पलायन भएका छन् । एजेन्सी

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ