बरिष्ठ चीनीया सैन्य अधिकारी तथा विज्ञहरुले अहिले देखि आगामी मार्च सम्ममा कोरीयाली प्रायद्धीपमा युद्ध शुरु हुन सक्ने चेतावनी दिएका छन् ।
लेफ्टिनेन्ट जनरल वागं हग्वागंले ग्लोबल टाईम्सको बार्षिक फोरममा बोल्दै चीनले अब मनोवैज्ञानिक रुपले समेत रक्षात्मक युद्धको लागि तयारी गर्नु पर्ने बताए ।
चीनले प्रायद्धीपमा आक्रामक कार्बाही भन्दा पनि रक्षात्मक उदेश्यले युद्धको तयारी गर्नु पर्ने उनको भनाई छ । यसको मुख्य जोड उत्तर पुर्वी क्षेत्रमा गर्नु पर्ने उनले बताए ।
प्रायद्धीपसगँ सिमा जोडिएका चीनीया भुभागमा युद्धले असर पुर्याउन सक्ने भएकाले त्यसको सुरक्षामा फोकस गर्नु पर्ने अर्का सगं झोगंपिगंको धारणा छ ।
जनरल वागंले कोरीया युद्धमा सबै भन्दा धेरै विध्वशं दक्षिण कोरीयामा हुने, परमाणु संन्यत्रमा क्षति भएमा भुकम्प सहितका जोखिमहरु बढ्ने पनि चेतावनी दिएका छन् ।
प्रायदिय युद्धको आडमा अमेरीकाले चीनको मुख्य स्वार्थहरुमाथि धावा बोल्न सक्ने भन्दै उनले त्यसलाई रोक्न जनसेनाले तयारी गरीसकेको बताए ।
अमेरीका र उत्तर कोरीयाको पछिल्लो घटनाक्रमले विगतमा भन्दा अहिले युद्धको संभावना बढाएको दावी विज्ञहरुले गरेका छन् ।