सिरीयाबाट रुसले मध्यपुर्वमा प्रभाव विस्तार गर्दै, अमेरीका पछि पर्दै

सिरीयाबाट रुसले मध्यपुर्वमा प्रभाव विस्तार गर्दै, अमेरीका पछि पर्दै

  • आइतवार, पुस २, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

रुसका शक्तिशाली राष्ट्रपति भ्लादीमीर पुटिनको मिसन सिरीयाले उनलाई मध्यपुर्वमा नयाँ नायकको रुपमा स्थापित गर्ने संभावना बढाएको छ ।
अमेरीका, टर्की र साउदी अरबले सिरीयामा शान्तिका लागि बसर अल असदले सत्ता छाड्नु पर्ने भन्दै शसस्त्र विद्रोहीलाई सहयोग गरीरहेका बेला रुसले हवाई सेना हतियार प्रविधि पठाएर आईएस र विद्रोहीलाई ठेगान लगाए पछि रुसको नयाँ प्रभाव बिस्तार भएको हो ।
सन् २०१६ मा रुसले सिरीयामा अप्रेसन शुरु गर्दा अमेरीकाका तात्कालीन राष्ट्रपति बराक ओबामाले रुस दलदलमा फस्ने चेतावनी दिएका थिए ।
रुसले उक्त भविष्यवाणीलाई गलत सावित गर्दै बसर अल असदको सत्ता कायम मात्र राखेनन् विद्रोहीको ढाड भाँचेर नया शक्तिको सन्देश पनि फैलाएको छ ।
अघिल्लो हप्ता सिरीया गएका राष्टपति पुटिनले सेनाको महत्वपूर्ण टुकडी अब स्वदेश फिर्ता हुन आदेश दिएका छन् ।
यति मात्रै हैन शुरुमा आफ्नै जहाज खसालेको टर्कीसगँ समेत मिसाईल प्रणालीका बारेमा बार्ता गर्नु, मिश्रको हवाई क्षेत्र उपयोगका बारेमा कुराकानी हुनु,साउदीसगँ सम्बन्धसुधारको प्रयास हुनु रुसको शक्ति बिस्तारको उदाहारण हो ।
यसैमा अर्कोतिर मध्यपुर्वमा अमेरीका आफ्नो छवि विगार्दै गईरहेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसेलमलाई ईजरायलको राजधानी घोषित गरे पछि अझ अरब राष्ट्रहरुको आलोचना बढ्नु अमेरीकाको लागि घातक साबित हुदै छ ।
सिरीयामा चलेको अभियानका क्रममा रुसको ४१ जना सैनिकले ज्यान गुमाएको बताईएको छ ।
सन् १९८० को दशकमा अफ्गानिस्तानमा चलेको अभियानमा रुसको करीब १० हजार सेनाको ज्यान गएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ