लगातार सामाजिक अपराध बढ्न थालेको अमेरीकाको टेक्सासमा एक जना मानिसले आफ्नै श्रीमतिको गर्दन छिनाएर टाउको फ्रिजमा राखेको खुलेको छ । टाउको काटेर फ्रिजमा राखिएको रगतले कोठाभरी लतपतिएको अवस्थामा पनि बच्चा भने मृतक महिलासगँै टासिएर बसेको प्रहरीले फेला पारेको छ । डेविडले श्रीमतिको शरीरमा चक्कुले ४३ ठाउमा आक्रमण गरेको पोष्टमार्टम रिपोर्टमा उल्लेख छ । उनले दुबै बच्चाको सामुन्नेमा आमालाई यसरी मारेका थिए ।
टेक्सासमा रहने डेविड डाजटले अघिल्लो वर्ष अगष्टमा उक्त घटना घटाएको खुले पछि अदालतले उनलाई ५२ बर्षको जेल सजाय तोकेको छ । सो परिवारको तीन वर्षको छोरी र १ वर्षको छोरा रहेको छ ।
नताशा नामकी ती महिला र डेविडका बीच पाच वर्ष पहिले विवाह भएको थियो । उनलाई जेलमा पठाउन अदालतमा फैसला सुनाईदै गर्दा नताशाकी आमा उपस्थित थिईन् र उनले भनिन् डेविड जेलमा हरेक दिन मर्ने छ र त्यसले मेरो छोरीको आत्माले शान्ति पाउने छ ।

