एजेन्सी । भारत र पाकिस्तानबीच भुगोल र सिमानाका लागि पटक पटक युद्ध हुदै आएको छ । केही ठुला लडाई पछि सिमानामा साना युद्धहरु निरन्तर चलिरहनु सामान्य जस्तो बनेको छ । तर दुवै मुलुकबीच अर्को लडाईको कारण पानी बन्न सक्ने देखिएको छ ।
भारत र पाकिस्तानको बिबादीत क्षेत्र कास्मीरमा दुवै देशले पानी आ आफ्नो देश तर्फ केन्द्रीत गर्न विद्युत सहित विभिन्न परियोजना धमाधम बनाईरहेका छन् । निलम अर्थात किशनगंगा नामको नदीमा दुवै देशले परियोजनाहरु स्थापित गरीरहेका छन् ।
विगत ७० वर्षदेखि विवादमा रहेको सो ईलाकामा भारतले पानी फर्काएमा आफ्ना परियोजनाहरु बन्द हुने हो कि भन्ने चिन्ता पाकिस्तानले गरेको छ । निलम नदी तिव्वत हुदै भारत र कास्मीर भएर पाकिस्तान पुगे पछि विश्वकै लामो नदी सिन्धुमा गएर मिसिन्छ । सिन्धु नदी पाकिस्तानको पानीको आवस्यकता पुरा गर्न ६५ प्रतिशत ओगटेको महत्वपर्ण नदी हो ।
दुवै देशबीच विश्व बैंकको रोहबरमा १९६० मा सिन्धु जल सम्झौता भएको थियो । यही सम्झौता अनुसार निलम, झेलम लगायतका नदीको पानी पाकिस्तानले उपयोग गर्ने र सतलुज लगायतका नदीको पानी भारतले बढी उपयोग गर्ने भनिएको थियो ।
त्यसै अनुसार ६ हजार पाकिस्तानी तथा चीनीया कामदारहरुले ९ सय ६९ मेगावाटको विद्युत योजनामा काम गरीरहेका छन् । यो २०१८ मा पुरा हुने भनिएको छ । सन् २०१६ मा उरी हमला पछि नरेन्द्र मोदीले सिन्धु सम्झौता रद्ध गर्न सक्ने धम्की दिए पछि पाकिस्तानले अन्तराष्ट्रिय स्तरमा विरोध जनाउदै आएको छ ।