सुनसरीका प्रजिअ र स्थानीय विकास अधिकारीकै मिलेमतोमा नदीजन्य पदार्थ तस्करी !

सुनसरीका प्रजिअ र स्थानीय विकास अधिकारीकै मिलेमतोमा नदीजन्य पदार्थ तस्करी !

  • आइतवार, पुस २, २०७४
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

धरान, पुस २ । सुनसरीको सेउतीखोलामा अनाधिकृत रुपमा स्काभेटर प्रयोग गरी नदीजन्य पदार्थ ढुंगा, गिट्टी र बालुवा उत्खनन गरी धमाधम तस्करी भइरहेको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुली र स्थानीय विकास अधिकारी तुुलसीबहादुर श्रेष्ठकै मिलेमतोमा उत्खनन थालिएको स्थानीयको आरोप छ ।

राष्ट्रपति चुरे संरक्षण क्षेत्रमा पर्ने उक्त खोलामा इटहरीको पाथीभरा कन्स्ट्रक्सनका ठेकेदारसँग दुबै जनाले मिलेमतो गरी अनधिकृत रुपमा ठेक्का लगाएर नदीजन्य पदार्थको तस्करी गरेको आरोप स्थानीयले लगाएका छन् ।

सरकारले मानव बस्ती, पुल, मोटरबाटो, वन क्षेत्र र सार्वजनिक स्थलको ५ सय मिटर वरपर खोलानालामा ठेक्का लगाउन नपाउने गरी प्रतिबन्ध लगाएको छ । खोलानाला संरक्षण समितिका संयोजक पमुख जिल्ला अधिकारी रहने भए पनि पाथीभरा सप्लायर्सलाई ठेक्का दिइएको स्थानीयले बताएका हुन् ।

धरान–१५ का वडाअध्यक्ष नरेशकुमार इवारमले राष्ट्रपति चुरे संरक्षण क्षेत्रमा गैर कानुनी ठेक्का लगाउने अधिकारीलाई कारवाहीको माग गरेका छन् ।इमेजबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ