आठ मेगावाट क्षमताको क्यास्केड निर्माण

आठ मेगावाट क्षमताको क्यास्केड निर्माण

  • शनिबार, पुस १, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

 

इलाम, १ पुस ।

इलाम नगरपालिका गोदक र राँगापानीमा निर्माणाधीन आठ मेगावाट क्षमताको हिमाल दोलखा हाइड्रोपावर क्यास्केड आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

उक्त जलविद्युत् आयोजनाबाट पुस दोस्रो साताभित्रमा विद्युत् उत्पादन गर्ने तयारीका साथ दु्रतगतिमा काम भइरहेको आयोजनाका प्रबन्ध निर्देशक रूपमणि राजभण्डारीले बताउनुभयो । आयोजनाको चार किलोमिटर लामो क्यानल निर्माण सम्पन्न भइसकेको छ ।

राजदुवाली छेउको इन्टेकमार्फत उक्त क्यानलमा पानी लगाएर राँगापानीमा बनेको विद्युत् गृहमा पु¥याउने आयोजनाले जनाएको छ ।

विद्युत गृहमा मेसिनको जडान गर्ने कार्य तीव्र गतिमा भइरहेको छ । उत्पादित विद्युत्लाई काबेली कोरिडोरमार्फत गोदक सवस्टेशनमा जडान गरिने र त्यहाँबाट राष्ट्रिय प्रशारण लाइनमा जोड्ने तयारी भइरहेको छ भने विद्युत गृहमा ट्रान्सफर्मरसहितको स्वीचयार्ड जडान सकिएको आयोजनाका जनसम्पर्क अधिकृत नरेन्द्र क्षत्रीले जानकारी दिनुभयो ।

विद्युत् लाइनका लागि करिब चार किमी ३३ केभी प्रसारण लाइनको समेत काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

हिमाल दोलखा हाइड्रोपावर कम्पनीको प्रवद्र्धनमा निर्मित उक्त क्यास्केड आयोजनाको निर्माण लागत रु एक अर्ब २० करोड छ । कम्पनीले करिब पाँच वर्षअघि नै इलामको राजदुवालीमा ६ दशमलव एक मेगावाट क्षमताको आयोजना निर्माण सम्पन्न गरिसकेको छ ।

उक्त आयोजनाबाट निस्किएको पानीलाई सदुपयोग गरी क्यास्केड आयोजना निर्माण गरिएको हो । आयोजनामा एभरेष्ट, एसबीआइ, एनआइबिएन बैंकले लगानी गरेका छन् ।

यो आयोजना निर्माणसँगै इलामको माइखोलामा हालसम्म अपरमाइ, सानिमामाइ र हिमाल दोलखाका दुई÷दुई वटा जलविद्युत् आयोजना निर्माण भइसकेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ