बियर खाएर गाडी चलाउन पाईदैन, तर अब गाडीले नै बियर खाने छ यसरी थाहा पाईराख्नुस् ।

बियर खाएर गाडी चलाउन पाईदैन, तर अब गाडीले नै बियर खाने छ यसरी थाहा पाईराख्नुस् ।

  • शनिबार, पुस १, २०७४
  • मिर्मिरे अनलाइन

  • 12.7K
    SHARES

रक्सी अर्थात मादक पदार्थ सेवन गरी गाडी चलाउनु कानुनी अपराध हो र दण्ड जरीवाना हुने गरेको छ । तर गाडीले नै रक्सी खायो भने के हुन्छ ? यो आश्चर्यजनक जस्तो लागे पनि यथार्थ हो । अब गाडीले रक्सी पिउने छ । तर कसरी ?
संसारभर परम्परागत ईन्धनमा आउन थालेको कमीका कराण वैज्ञानिकहरुले अनेक तरहका प्रयोग र परीक्षण गरीरहेका छन् । त्यस मध्य अहिले तीव्र गतिमा परीक्षण भईरहेको विषय बियरले गाडी चलाउने हो ।
बेलायतका बैज्ञानिकहरुले लामो समय शोध गरेर के पत्ता लगाए भने चिसो बियरले गाडीको टैकी भरेर कुदाउन सकिने छ । युनिभर्सीटी अफ् व्रिष्टलका बैज्ञानिकहरुले बर्षौ लगाएर यस्तो प्रविधिको विकास गरेका छन् कि यसले ईथोनललाई बुटानोलमा बदल्ने छन् । बुटेनल ईथेनलको तुलनामा गुणस्तरीय ईन्धन बन्ने दावी वैज्ञानिकहरुको छ । र यसले अब पेट्रोल डिजेलको विकल्प दिने छ ।


यसरी बन्ने छ बुटानोल ईन्धन
बैज्ञानिकहरुले अरु रक्सीमा पनि अल्कोहल भए पनि बियरमा भएको ईथनोललाई गाडीमा प्रयोग गर्न सकिने ईन्धनमा रुपान्तरण हुन सजिलो हुने जनाएका छन् । यसलाई अहिले नै गाडीमा प्रयोग भन्दा पनि ल्याव टेष्टिगमा लाने र करीब ५ वर्ष पछि यसको परीक्षण सकिने छ ।
वैज्ञानिकहरुको सो टिमले यसको परीक्षण पुरा हुन अझै ५ वर्ष अर्थात सन् २०२२ सम्म लाग्ने बताएका छन् । त्यस पछि सफल भएमा त्यस्तो ईन्धन कार र ट्रकमा प्रयोग हुन सक्ने उनीहरुको निष्कर्ष छ । यो निष्कर्ष सही आउने उनीहरुको दावी छ । फ्रान्स न्युजील्याण्ड लगायतका मुलुकमा वियर बन्ने कच्चा पदार्थबाट उत्पादित बायोफ्युलले गाडी चलाउदै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी