३ हजार वर्ष पुरानो ममी भेटियो , चिहानमा चार बालकको शव अझै सुरक्षित

३ हजार वर्ष पुरानो ममी भेटियो , चिहानमा चार बालकको शव अझै सुरक्षित

  • शनिबार, पुस १, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

एजेन्सी ,पुस १ ।
इजिप्टमा तीन हजार वर्ष भन्दा पहिले निधन भएका चार बालकको चिहान (ममी) भेटिएको छ । ममीमा रहेको बालकको शव अहिले पनि सुरक्षित रहेको छ ।

इजिप्टको शहर अस्वान नजिकै बालबालिकाको पूरानो चिहान भेटिएको र त्यसमा रहेका ममीमा शव सुरक्षित पाइएको सरकारी अधिकारीले बताएका छन् । स्वीडेन र इजिप्टका अनुसन्धानकर्ताले यो चिहान भेट्टाएका हुन् ।

चारमध्ये एक चिहानमा ममी बनाउनका लागि प्रयोग गरिएको लेनिनको कपडा पनि भेटिएको इजिप्टको पुरातत्व मन्त्रालयका निर्देशक एमन अशमावीले बताउनुभयो ।

भेटिएका चिहानमा रहेका बालबालिकाको शव इसापूर्व १५४९÷५० देखि १२९२ को बिचको रहेको अनुसन्धानकर्ताले बताएका छन् । त्यसबेला इजिप्टमा १८ औं राजवंशले शासन थियो । अनुसन्धानकै क्रममा इजिप्ट तथा अस्ट्रियाको टोलीले चिहानको एक भाग भेट्टाएको छ भने स्वीस टिमले महिलाको प्रतिमा फेला पारेको छ । यो सबै इजिप्टको गेबेल अल–सिलसिला क्षेत्रमा भेटिएकोहो ।

पुरातत्वविदले भेट्टाएको बालबालिकाको ममी मध्ये पहिलो दुई देखि तीन वर्षको बच्चाको हो । जसमा ममी बनाउनका लागि प्रयोग भएको लेनिनको कपडा तथा लौरी भेटिएको छ । यस्तै दोस्रो ममी ६ देखि ९ वर्षको बच्चाको रहेको अनुसन्धानकर्ताले बताएका छन् ।


यस्तै ममीमा जन्तर र भाँडाकुँडा पनि भेटिएका छन् । तेस्रो र चौथो ममीमा रहेका बच्चा पाँच देखि ८ वर्षका हुनु पर्ने अनुसन्धाकर्ताले बताएका छन् ।

नयाँ भेटिएका चिहान, बालबालिका शव, तथा महिलाको प्रतिमाबाट इजिप्टको १८ औं राजवंशका बारेमा धेरै कुरा जानकारी पाउन सकिने अनुसन्धानमा संलग्न पुरातत्वविदले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी