बेलायतका राजकुमार ह्यारी र नायिका मर्केलको विवाह हुने मिति तोकियो

बेलायतका राजकुमार ह्यारी र नायिका मर्केलको विवाह हुने मिति तोकियो

  • शनिबार, पुस १, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

एजेन्सी । बेलायतका राजकुमार ह्यारी र मेघान मर्केलको विवाह हुने मिति निश्चित भएको छ ।

अर्को वर्षको मे महिनाको १९ तारिखका दिन उनीहरूको औपचारिक विवाह हुने मिति तय भएको हो ।

केन्जीगंटन राजदरबारको पारिवारिक स्रोतले शुक्रबार दिएको जानकारीअनुसार उनीहरूको विवाह ‘सेन्ट जर्ज चापेल विन्डसर कास्टल’मा हुनेछ । वैवाहिक समारोहमा सांगितिक कार्यक्रमसहितको भोजभतेर पनि हुने र त्यसको सबै खर्च राजदरबारले नै बेहोर्ने भएको स्थानीय सन्चारमाध्यमहरूले लेखेका छन् ।

रापकुमार ह्यारी र मेघानकाबीच गत नोभेम्बरमा ‘इन्गेजमेन्ट’ गर्ने निधो भएको थियो भने डिसेम्बर १ मा उनीहरुको संयुक्त तस्वीर पहिलोपटक सार्वजनिक भएको थियो । उनीहरूले पहिलोपटक यसै महिनामा क्रिसमस औपचारिक रुपमा शाही परिवारसँगै मनाउने भएका छन् ।

विवाहपछि उनीहरू केन्जींगटन प्यालेसमा रहेको नटिंगम कटेजमा बस्ने भएका छन् । राजकुमार ह्यारी बेलायती राजगद्दिको पाँचौ नम्बरका हकदार हुन् ।

अमेरिकी चर्चित नायिका मेगान मर्केल र राजकुमार ह्यारी सन् २०१६ को जुलाई महिनादेखि प्रेम सम्बन्धमा रहेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ