जेनेभा, २९ मङसिर ।
विश्व स्वास्थ्य संगठन, डब्लुएचओले विश्वमा हरेक वर्ष साढे छ लाख नागरिकको स्वासप्रस्वास जन्य रोगबाट ज्यान जाने गरेको तथ्य सार्वजनिक गरेको छ ।
डब्लुएचओले जेनेभामा सार्वजनिक गरेको एक प्रतिवेदनमा मौसमी इन्फ्लुएन्जाका कारण स्वासप्रस्वाजन्य रोगको प्रकोप बढ्ने गरेको र यस्तो रोगबाट वर्षेनी ठूलो संख्याका नागरिकको ज्यान जाने गरेको जनाइएको छ ।
यस्तो इन्फ्लुयन्जा वर्षेनी कैयौँ देशमा महामारीका रुपमा देखापर्ने र यसका कारण धेरै मानिसमा संक्रमण पनि हुने गरेको जनाइएको छ ।
यस्तो संक्रमणबाट विशेषगरी विश्वका कम आय तथा स्वास्थ्य सुविधा भएका विश्वका तेस्रो विश्वका मुलुकहरु बढी जोखिममा पर्ने गरेको पाइएको छ ।
यसरी इन्फ्लुएन्जाबाट संक्रमित हुनेमा मुटुसम्बन्धी समस्या पनि देखा पर्ने गरेको तथ्य पनि भेटिएको सो प्रतिवेदनमा पाइएको छ ।
वातावरणीय प्रदुषण, फोहोर, स्वस्थ्य खानेपानीको समस्याजस्ता समस्या ती देशमा बढी हुने गरेकोले ती देशका नागरिकहरु नै यस्तो समस्याबाट बढी पीडित हुने गरेका पाइएको बताईएको छ ।