नासाको दाबी : सूर्य जस्तै प्रकृतिको नयाँ तारा फेला पर्यो

नासाको दाबी : सूर्य जस्तै प्रकृतिको नयाँ तारा फेला पर्यो

  • शुक्रबार, मंसिर २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

एजेन्सी , २९ मंसिर ।
अमेरिकी अन्तरिक्ष निकाय नासाले ब्रम्हाण्डमा सूर्य जस्तै प्रकृतिको नयाँ तारा फेला परेको दाबी गरेको छ ।

केप्लर ९० नाम दिइएको सो तारालाई ८ वटा ग्रहले परिक्रमा गरिरहेको नासाले जनाएको छ । नासाका खगोलशास्त्रीहरुले पत्ता लगाएको यो तारा सौर्यमण्डलबाहिरको सबैभन्दा ठूलो भएको जनाइएको छ ।

सो तारा सूर्यभन्दा केही ठूलो र तापक्रम समेत केही बढी रहेको खगोलशास्त्रीहरुले बताएका छन् । सौर्य प्रणालीपछि सबैभन्दा बढी ग्रह रहेको यो पहिलो तारा भएको खगोलशास्त्री क्रिस्टोफर शलुले बताए ।

नासास्थित केप्लर स्पेस टेलिस्कोपबाट गरिएको अवलोकनका आधारमा यसको अवस्थितीबारे पत्ता लागेको खगोलशास्त्रीहरुको भनाई छ ।

भित्र साना ग्रह र बाहिर ठुला ग्रह रहेर परिक्रमा गर्ने यो ताराको प्रणाली सौर्यमण्डलको सानो रुपझै अवस्थामा रहेको टेक्सास विश्वविद्यालयका वैज्ञानिक एन्ड्रिउ भेन्डरबर्गलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी