मुलुकलाई आर्थिक विकासको गतिमा अघि बढाउनुपर्छ : रक्षामन्त्री प्रधान

मुलुकलाई आर्थिक विकासको गतिमा अघि बढाउनुपर्छ : रक्षामन्त्री प्रधान

  • शुक्रबार, मंसिर २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौँ, २९ मंसिर ।
रक्षामन्त्री भीमसेनदास प्रधानले तीनै तहको निर्वाचन सम्पन्न भईसकेकाले अब सुशासन कायम गरी मुलुकलाई आर्थिक विकासको गतिमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

शहीद शुक्रराज शास्त्रीको १२४औँ जन्मजयन्तीका अवसरमा आज काठमाण्डौमा आयोजित कार्यक्रममा उहाँले निर्वाचनमा काँग्रेसले हारेर पनि देशले जितेको धारणा राख्नुभयो ।

संविधान कार्यान्वयनका लागि भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनसँगै शहीदका सपना पनि पूरा हुँदै गएको उहाँको भनाई छ । “जनताको हक, अधिकार र मुलुकको विकासका लागि शहीदहरुले सहादत प्राप्त गरेका थिए अब त्यो सपनालाई हामीले पूरा गर्नुपर्छ,” मन्त्री प्रधानले भन्नुभयो ।

मन्त्री प्रधानले राणा शासन बिरुद्ध लड्दै गर्दा सहादत प्राप्त गर्नुभएका चार शहीदमध्ये तीन शहीदको नाममा विभिन्न पूर्वाधार स्थापना भए पनि धर्मभक्तको नाममा केही नबनेकाले उहाँलाई सम्झने गरी अस्पताल निर्माण गर्नुपर्ने धारणा व्यक्तगर्नुभयो ।

पूर्वसभामुख दमननाथ ढुङ्गानाले शहीदले मुलुकको विकास र समृद्धिका लागि देखेको सपना पूरा भए मात्र उहाँहरुप्रति सच्चा श्रद्धाञ्जलि हुने बताउनुभयो । उहाँले नयाँ सरकारले शिक्षाको विकासका लागि छुटृै नीति तथा कार्यक्रम ल्याउनुपर्ने सुझावसमेत दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ