भाउजुसँग बिहे गरे लगत्तै १५ बर्षे युवाले गरे अात्माहत्या ! यस्ताे छ कारण

भाउजुसँग बिहे गरे लगत्तै १५ बर्षे युवाले गरे अात्माहत्या ! यस्ताे छ कारण

  • बिहिबार, मंसिर २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

नयाँ दिल्ली । भारतको बिहार राज्यको गयामा १५ वर्षीय किशोरले परिवारद्वारा भाउजुसँग जबर्जस्ती बिहे गराइदिएपछि आत्महत्या गरेका छन् ।

भारतीय संचारमाध्यमका अनुसार विनोवा गाउँका महादेव दास स्थानीय सरकारी विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिए । परिवारका सदस्यले उनको बिहे २५ वर्षीय भाउजुसँग गराइदिएपछि बिहेकै रात उनले आत्महत्या गरेका हुन् ।

मृतकका पिता चन्द्रेश्वर दासका अनुसार जेठो छोरा सन्तोषको मृत्युपछि विधवा बुहारी रुवीदेवीको विवाह महादेवसँग गराइएको हो । सन्तोषको मृत्युपछि राहतस्वरुप पाएको ८० हजार रुपैयाँ बुहारी रुवीको माइतीपक्षले माग्दै आएका थिए । माइती पक्षले या त राहत रकम दिनुपर्ने या अर्को छोरासँग रुवीको बिहे गराइदिनुपर्ने भन्दै लगातार दबाब दिएपछि देवर–भाउजुको बिहे गराइदिने निधो गरिएको चन्द्रेश्वरले बताए ।

‘छोरा महादेवले भाउजुसँग बिहे गर्न मानेको थिएन,’ पिता चन्द्रेश्वरले भने, ‘तर परिवारले दबाब दिएपछि उसले बिहे गरेको थियो, बिहेकै रात आत्महत्या गरेछ ।’

प्रहरीले कानुनतः उमेर नपुगि विवाह गराइएको सम्बन्धमा कानुनी कारवाहीका लागि प्रक्रिया अघि बढाएको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ