सन् १९७२ पछि पहिलो पटक अमेरीकाले फेरी चन्द्रमामा मानव मिसन पठाउने भएको छ । वैज्ञानिक फाईदा भन्दा धेरै खर्च हुने भएकाले चन्द्रमामा मान्छे पठाउन फाईदाजनक नहुने क्यालिफोर्नीयाका खगोल विज्ञानका प्रोफेसर माईकल रिचले बताएका छन् ।
त्यति खेर चन्द्रमामा मानिस पठाउनुको कारण पनि वैज्ञानिक भन्दा बढी राजनीतिक थियो । अन्तरीक्षमा कब्जा गर्ने होडबाजीका कारण यस्तो निर्णय हुने गरेको आरोप लाग्दै आएको छ ।
सन् २००४ मा पनि राष्ट्रपति जर्ज डब्लु बुसले मानव मिसन पठाउने घोषणा गरेका थिए । तर थुप्रो खर्च लाग्ने भएका कारण त्यो मिसन पठाईएको थिएन ।
जुलाई २१ १९६९ मा निल आर्मस्ट्रगले पहिलो पटक चन्द्रमामा पाईला पुर्याएका थिए ।
त्यस पछि सन् १९७२ मा युजिन सेरनन गए पछि भने मानव मिसन जान सकेको छैन ।
अहिले पनि राष्ट्रपति ट्रम्पले हस्ताक्षर गर्नु पुर्व सिनेटसगँ परामर्श नलिएको आरोप शुरु भएको छ ।
चन्द्रमामा मानव बस्ती बसाउने सम्मको योजनाहरुका बारेमा सार्वजनिक भएको थियो । चन्द्रमामा सन् २०१८ मा चीनले र २०३१ मा रुसले मिसन पठाउने घोषणा गरीसकेको छ ।