२५ वर्षपछि डेमोक्रेट पार्टीले जित्यो सिनेटको सिट

२५ वर्षपछि डेमोक्रेट पार्टीले जित्यो सिनेटको सिट

  • बुधबार, मंसिर २७, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौं, मंसिर २७ । अमेरिकाको अलबमा राज्यको सिनेटमा डेमोक्रेट पार्टीले २५ बर्षपछि जित हासिल गरेको छ ।

रिपब्लिकन नेता एवं राष्ट्रपति डोनाल्ड ट्रम्पको लोकप्रियतासमेत जाँचिएको यस निर्वाचनमा डेमोक्रेट नेता दोङ जोन्सले २५ वर्षपछि पार्टीलाई जित दिलाएका हुन् ।

जोन्सले रिपब्लिकन उम्मेदवार रोय मोरेलाई हराए । तर, मोरे हार स्वीकार्न तयार देखिएका छैनन् । यद्यपि, राष्ट्रपति ट्रम्पले भने चुनाव जितेकामा जोन्सलाई बधाइ दिइसकेका छन् ।

मोरेमाथि चुनावी प्रचारकाक्रममा युवतीहरुमाथि यौनदुर्व्यवहार गरेको आरोपसमेत लागेको थियो । झिनो मतले चुनाव जितेका जोन्सले ४९ दशमलव ९ तथा मोरेले ४८ दशमलव ४ प्रतिशत मत पाएका छन् ।

७० वर्षीय मोरे पूर्वन्यायाधीश हुन् । यसअघिका सिनेटर जेफ सेसन महान्यायाधिवक्तामा नियुक्त भएपछि रिक्त सिटमा निर्वाचन गरिएको हो । (एजेन्सी)

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ