उत्तरकोरीयासगँ निशर्त बार्ता गर्ने अमेरीका विदेशमन्त्रीको घोषणा

उत्तरकोरीयासगँ निशर्त बार्ता गर्ने अमेरीका विदेशमन्त्रीको घोषणा

  • बुधबार, मंसिर २७, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

अमेरीकाले उत्तरकोरीयासगँ बार्ता गरेर समय खेर फालेको र अर्बौ रुपैसा सकेको भन्ने अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा भए पनि अन्तत अमेरीकाले लचिलो हुने संकेत दिएको छ ।

अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले कुनै पनि शर्त बिना उत्तर कोरियासँग सिधा वार्ता गर्न उनको देश इच्छुक रहेको बताएका छन्। प्योङयाङको परामाणु कार्यक्रम नियन्त्रण बारे मात्र वार्ता गरिने अडान अमेरिकाले राखिरहनु यथार्थपरक नहुने धारणा टिलरसनले राखेका छन्।

उत्तर कोरियाले त्यस कार्यक्रममा ठूलो लगानी गरिसकेकाले वार्ताको मार्गचित्र निर्धारण गर्न जुनसुकै विषयमा छलफल गर्न सकिने उनको भनाई छ।

तर ह्वाइट हाउसका एक जना प्रवक्ताले उत्तर कोरियाबारे राष्ट्रपति ट्रम्पका विगतका धारणामा कुनै परिवर्तन नभएको जनाएकी छन्।

विगतमा पनि टिलरसनले वार्ताका सम्भावित शर्तहरुको कुरा राखेका थिएनन् तर उनको पछिल्लो भनाईले नयाँ कुटनीतिक वातावरण बनाउनसक्ने अपेक्षा गरिएको छ।

आफ्नो धारणा राख्ने क्रममा उनले उत्तर कोरियासँग कुनै पनि किसिमको प्रत्यक्ष वार्ता गर्न तयार रहेको बताए।

उनले भने, “भेटेर त हेरौँ र उनीहरु चाहन्छन् भने मौसमका बारेमा कुराकानी गरौँ, तर के हामी बसेर एकअर्कालाई प्रत्यक्ष रुपमा हेर्नसक्छौँ? त्यसपछि हामी कुराकानीमा कस्ता आपसी विषय समेट्ने भन्ने मार्गचित्र तय गर्नसक्छौँ।”

तर परमाणु परीक्षण बिनाको शान्त अवधिमा मात्र कुराकानी अघि बढ्न सक्ने उनले चेतावनी दिएका छन्।

उनले अमेरिकाले परमाणु अस्त्रले सुसज्जित उत्तर कोरिया नस्वीकार्ने प्रष्ट पारेका छन्। पछिल्लो धारणाले वार्ताका लागि उत्तर कोरिया शुरुमा निशस्त्र हुनुपर्ने भन्ने अमेरिकी धारणामा केहि परिवर्तन आएको देखिन्छ।

तर अमेरिकी राष्ट्रपति कार्यलय ह्वाइट हाउसले उत्तर कोरियाबारे राष्ट्रपति ट्रम्पको दृष्टिकोण नबदलिएको जनाएको छ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी