स्वच्छ ऊर्जा प्रणालीबाट विद्युत् प्रवाह शुरु

स्वच्छ ऊर्जा प्रणालीबाट विद्युत् प्रवाह शुरु

  • मङ्लबार, मंसिर २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

 

काठमाडौँ, २६ मंसिर।

सिन्धुलीको हरिहरपुरगढी गाउँमा मुलुककै पहिलो वायु–सौर्य ऊर्जा प्रणाली स्थापना भएको छ । उक्त ऊर्जा केन्द्रबाट आजदैखि विद्युत् प्रवाह पनि थालिएको छ ।

त्यस अवसरमा जनसंख्या तथा वातावरण मन्त्रालयका सचिव प्रकाश माथेमाले नेपालको ऊर्जा क्षेत्रमा निरन्तर सहयोग गरेकामा एडिबीप्रति आभार व्यक्त गर्दै दिगो विकासका लक्ष्य हासिल गर्ने नेपालको प्रयासमा नवीन एवं नवीकरणीय ऊर्जाको महत्वपूर्ण योगदान हुने बताउनुभयो ।

यहाँस्थित एडिबीका अनुसार बैंकका देशीय निर्देशक मुख्तोर खामुदखानोभले स्वच्छ, विश्वसनीय र खर्च गर्न सकिने स्वच्छ ऊर्जामा गाउँका जनताको पहुँच वृद्धि भएपछि स्थानीय आय वृद्धिका साथै बाह्य विश्वसँग उनीहरुको सम्पर्क स्थापना हुने बताउनुभयो ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले स्वच्छ ऊर्जाको उपयोगले ग्रामीण भेगमा आर्थिक गतिविधिमा बढोत्तरी हुने विश्वास व्यक्त गर्नुभयो ।

एशियाली विकास बैंक ९एडिबी०को दक्षिण एशिया उपक्षेत्रीय आर्थिक सहयोग ९सासेक०अन्तर्गतको ऊर्जा प्रणाली विस्तार परियोजनामा एडिबीका साथै नेपाल सरकारले लगानी गरेको थियो । सूर्य र हावाबाट बिजुली उत्पादन गर्न उक्त परियोजनामा करिब रु एक अर्ब ६२ करोड लगानी भएको थियो । उक्त परियोजनाबाट दैनिक ११० किलोवाट बिजुली उत्पादन हुनेछ । उत्पादित बिजुली ८३ घरमा आपूर्ति भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ