ओझेलमा छन बझाङका पर्यटकीय गन्तब्य स्थलहरु

ओझेलमा छन बझाङका पर्यटकीय गन्तब्य स्थलहरु

  • सोमवार, मंसिर २५, २०७४
  • मिर्मिरे अनलाइन

  • 20.8K
    SHARES

टेकेन्द्र बोहरा
बझाङ २५ मँसिर सुदुरपश्चिमको हिमाली जिल्ला बझाङका पर्यटकीय गन्तब्य स्थलहरु अभै ओझेलमा छन । बिकास तथा पहिचान हुन नसकेर आझेलमा परेका हुन ।
सुन्दर सुदुरपश्चिमको पहिचान लाई राष्टिय तथा अन्तर्रा्ष्ट्रिय क्षेत्र र्पुयाउन सक्ने खालका पर्यटकीय गन्तब्यहरु भए पनि उचित प्रचार प्रसार तथा राज्यको लागानी सही ठाँउमा प्रभावकारी रुपमा सदुपयोग नहुदा यहाँका पर्यटकिय क्षेत्रहरु आझेलमा परेका हुन ।
बर्षेनी सास्कृतिक तथा पर्यटकीय क्षेत्रको बिकासका लागी सरकारबाट करोडौ बजेट जिल्ला भित्रिने भए पनि त्यसको प्रभावकारी कार्यान्यन नहुदा जिल्लाका प्रमुख पर्यटकिय क्षेत्रहरु ओझेलमा पर्दै गएको सरोकारबालाहरुले बताएका छन् ।
बझाङ जिल्लाका प्रमुख पर्यटकिय स्थल, साईपाल हिमाल, सुर्मा सरोवर खप्तड बड्डी ज्वान उरै भन्ज्याङ आदी क्षेत्रका अझै पहिचान हुन नसकेको नागरीक समाजका अगुवा धर्मजङ बहादुर सिहले बताए ।
बर्षेनी पर्यटकिय क्षेत्रको विकासका लागी सरकारबाट करोडौको बजेट आउने भए पनि राजनितिक दलहरुले आफ्ना कार्यकर्तालाई पायक पर्ने स्थानमा बजेट बिनियोजन गर्दा सुर्मा सरोबार,खप्तड,उरै भज्याङ्ग,र साईपाल हिमाल जस्ता राष्टिय स्तरका पर्यटकिय क्षेत्र सधै ओझेलमा पर्दै आएको पनी बताए ।
पर्यटनको बिकासको ठूलो सम्भावना गरेको यस जिल्लामा हाल सम्म पनि पर्यटकिय क्षेत्रहरुको बास्तबिक पहिचान तथा बिकास हुन नसक्दा आन्तरिक तथा बाह्य पर्यटकहरु लाई भित्राउन सकिरहेको छैन् ।


जिल्लाका प्रमुख सुर्मा सरोबरका पर्यटकिय पदमार्गका लागी बिगत बर्षहरु लगातार बजेट आउने गरेको भए पनि प्रभाबकारी अनगमन हुन नसक्दा बषेनी लाखै रुपैया दुरुपयोग हुदै गएको छ । पाथीभेरया् ,खप्तड , माईकाथान बडीज्याबन लागयतका ठाँउको बिकासका लागी आउने वजेट यसरी पर्यटकिय क्षेत्रको विकासका लागी आउने रकम दिर्गकालिन सोच गरि बिनियोजन नगरे पछि जिल्लाका प्रमुख क्षेत्रहरु ओझेलमा पर्दै गएको । पुर्व व्यवस्थापीका सांसद अफिलाल ओखेडाले बताएका छन
सुन्दर सुदुर पश्चिम पर्यटन अभियानका अभिन्यता किशोर खड्काले पछिल्लो समयमा बझाङ्गको पर्यटन क्षेत्रको विकासका लागी पहल भई रहेको भएता पनि राज्यबाट आउने बजेटको सहि सदुपयोग हुन नसकेको बताए । खड्काले चीनसँग जोड्ने चैनपुर ताक्लाकोट नाकालाई मात्र पनि खोल्न सके कैलास मानसरोबर जाने धार्मिक पर्यटक यसै बाटोबाट भित्रयाउन सकिने सुनाए ।


यसका लागी जिल्लाको पर्यटकिय गुरुयोजनाको आवश्यकता भएको बताउदै जिल्लाका पहिचान नभएका पर्यटकिय गन्तब्यहरुको पनि पहिचान हुने बताए ।
जिल्लाको सदरमुकाममा मात्रै हाल सुबिधा सम्पन्न होटेलहरु भएपनि दुर्गम क्षेत्रमा रहेका पर्यटकिय क्षेत्रहरुमा एक गिलास चिया सम्म नपाउने अवस्था रहेको छ । नेपाल पत्रकार महासँघका उपाध्यक्ष सम्राट सिहले बताए साथै उनले पर्यटन विकासका लागी स्थानियबासीले नै बढी तात्नु पर्ने पनी जोड दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी