अफगानिस्तान, २५ मंसिर ।
अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा अफगान सुरक्षा बलले गरेको कारबाहीका क्रममा नौजना आइएस सशस्त्र आतङ्ककारी मारिएका छन् ।
यस कारबाहीका क्रममा अन्य चारजना आतङ्ककारी घाइतेसमेत भएका पनि जनाइएको छ ।
नान्गाहार प्रान्तको एक जिल्लामा लुकेर बसेका आतङ्ककारीलक्षित सुरक्षा कारबाहीमा उनीहरु मारिएको प्रान्तीय सरकारका प्रवक्ता अताउल्लाह खोग्यानीले जानकारी दिनुभएको छ ।
आइएस लडाकू लुकेर बस्ने गरेका केही बासस्थानसमेत ध्वस्त भएको र हातहतियारसमेत बरामद गरिएको अन्तराष्ट्रिय सन्चार माध्यमले जनाएका छन् ।
नान्गाहार प्रान्तमा आतङ्ककारी समूहको बलियो प्रभाव रहेको मानिन्छ । अफगान र अन्तर्रा्ष्ट्रिय बलले गएको केही महिनायता सोही जिल्लामा गरेको कारबाहीका क्रममा आइएसका सयौँ सशस्त्र लडाकू र कमाण्डरसमेत मारिएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline