पाकिस्तानमा रहेका चिनियाँ विरुद्ध आक्रमण हुनसक्ने खतरा,सतर्क रहन चिनकाेआह्वान

पाकिस्तानमा रहेका चिनियाँ विरुद्ध आक्रमण हुनसक्ने खतरा,सतर्क रहन चिनकाेआह्वान

  • शनिबार, मंसिर २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

चीन , २३ मंसिर ।गुप्तचर रिपोर्टमा पाकिस्तानमा रहेका चिनियाँ विरुद्ध आक्रमण हुनसक्ने भन्दै चीनले आफ्ना नागरिकलाई सतर्क रहन आह्वान गरेको छ ।

इश्लामावादस्थित चिनियाँ राजदूतावासले शुक्रबार आफ्नो वेबसाइटमा चिनियाँ नागरिक तथा सङ्घसंस्था विरुद्ध ‘श्रृङ्खलावद्ध आतङ्ककारी आक्रमण’ को योजना रहेको सूचना पाएको भन्दै चिनियाँहरूलाई सतर्क रहन आह्वान गरेको छ । सूचनामा बिस्तृत विवरण नदिइकनै पाकिस्तानस्थित चिनियाँलाई भीडभाडमा नजान र यथासम्भव घरभित्र रहन आग्रह गरिएको छ ।

विदेशी भूमिमा रहेका चिनियाँ नागरिक पछिल्ला केही बर्ष यता आतङ्ककारी आक्रमणको निशाना बन्दै आएका छन् । यही बर्षको जुनमा पाकिस्तानी क्वेटा शहरमा दुई चिनियाँ शिक्षकमाथि भएको आक्रमणको जिम्मेवारी पनि इश्लामिक स्टेट (आइएस) समूहले लिएको थियो ।

चीनले पाकिस्तानमा व्यापक लगानी गरेको छ । पाकिस्तानमा बेइजिङको ‘बेल्ट एण्ड रोड’ अन्तर्गत ६० अर्व अमेरिकी डलर बराबरको संरचनागत निर्माण योजनामा लगानी गरेको छ भने हजारौँ चिनियाँ कामदारले ती योजनामा काम गरिरहेका छन् ।

पाकिस्तानको बलुचिस्तान प्रान्तमा निर्माणधिन बन्दर्गाह र सडक निर्माण आयोजनामा आतङ्ककारीले पटक पटक आक्रमण गर्दै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ