लामो समय सत्तारोहण गर्दै आएको नेपाली काग्रेस पहिलो पटक नेपालको राजनीतिक ईतिहाहसमा सानो दलको रुपमा खुम्चिने अवस्थामा पुगेको छ ।
प्रतिनिधि सभा र प्रदेश सभाको मत परिणामका प्रारम्भिक संकेतहरु हेर्दा काग्रेस निकै सानो आकारको तेस्रो दल तर्फ उन्मुख भएको देखिन्छ ।
एमालेले १९ र माओवादी केन्द्रले १३ स्थानमा प्रतिनिधि सभामा जीत हासिल गरीसकेको अवस्थामा काग्रेसको केवल तीन वटा सिट आएको छ ।
अन्य गणना जारी रहेका धेरै जिल्लामा पनि काग्रेस पछाडी नै छ ।
काग्रेसका गगन थापा र झिनो मतले प्रकाशमान सिंहले जीते भने निर्माण व्यवशायी मोहन आचार्यले रसुवामा जीते ।
काग्रेस सभापति शेर बहादुर देउवाले जीत्ने संभावना देखिन्छ । तर त्यसले काग्रेसको विरासत जोगिने छैन । विराटनगरमा पहिलो पटक कोईराला परिवारको प्रभाव क्षेत्र मानिएको ६ नं क्षेत्रमा डा. शेखर कोईराला पाखा लागे । अन्य धेरै क्षेत्रमा पुराना र प्रभावशाली नेताहरु पछि पर्ने खतरा बढीरहेको छ ।
काग्रेस यति सारो खस्किए पछि नेता रामचन्द्र पौडेल सहित धेरै नेताहरु चिन्तित बनेको र अब समीक्षा गर्नु पर्छ भन्ने थालेको बुझिएको छ ।
२०६४ सालको चुनावका दोस्रो भएको काग्रेस २०७० सालमा पुनः पहिलो भएको थियो ।
वाम गठबन्धन काग्रेस पराजयको पहिलो कारण भएको बुद्धीजीवीहरुको तर्क छ । अर्काै तर्फ काग्रेसले गैर कम्युनिष्ट मतलाई एकत्रित गर्न नसकेको जस्ता कारण पनि हारको कारण मानिएको छ ।