काठमाडौं २२ मंसिर ।
फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोनले जेरुसेलमबारे अमेरिकाले गरेको निर्णयका विषयमा भइरहेका विरोध प्रदर्शनलाई रोक्न आग्रह गरेका छन्।
इजरायलको राजधानीको रुपमा जेरुसेलमलाई मान्यता दिने विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको निर्णयको विषयमा हमासले आन्दोलनको घोषणा गरेको थियो । फ्रान्सका राष्ट्रपति इमानुयल मार्कोनले आज त्यस विषयमा शान्त रहन आग्रह गरेका हुन् ।
अमेरिकाको उक्त निर्णयको बिरोधमा प्यालेष्टाईनमा व्यापक विरोध प्रदर्शन भएको छ । प्यालेष्टाईनको गाजा क्षेत्र र वेष्ट ब्याङ्कमा भएको विरोध प्रदर्शनीमा इजरेल प्रहरीले हस्तक्षेप गर्दा ३१ जना प्यालेष्टेनी घाईते भएका छन् । केहीको अवस्था गम्भीर छ ।
प्रदर्शनकारीले टायर बाल्ने र ढुंगा हानाहान गरेपछि इजरेली प्रहरीले अश्रुग्यास र रबर गोली प्रयोग गरेको बीबीसीले उल्लेख गरेको छ ।
प्रदर्शन रोक्न इजरेल प्रहरीले सो क्षेत्रमा सयौंको संख्यामा सेना तैनाथ गरेका जनाएको छ । ट्रम्पको सो निर्णयमा अन्तर्रा्ष्ट्रिय समुदायले समेत आपत्ती जनाएको छ ।