अर्गानिक चियाकाे विदेशमा माग पुरा गर्न सकेनन्

अर्गानिक चियाकाे विदेशमा माग पुरा गर्न सकेनन्

  • बिहिबार, मंसिर २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

इलाम,२१ मंसिर । चिया उत्पादन हुने याम सकिँदै गएपछि अर्गानिक चिया विदेशमा मागअनुसार पुर्याउन नसकिएको चिया व्यवसायीले बताएका छन्।

इलाम नगरपालिका–२ मा सञ्चालन भइरहेको जस्बिरे चिया कारखानाका सञ्चालक शरद सुब्बाले विदेशमा अर्गानिक चियाको मागअनुसार पुर्‍याउन नसकिएको बताए। चियाको याम सकिएर कारखानामा दैनिक ५ सय किलो मात्र हरियोपत्ती आउने गरेको उनको भनाइ छ। कारखानाले २५ प्रकारका चिया उत्पादन गर्दै आएको छ।

कारखानामा उलन, ह्वाइट र ब्ल्याक चिया धेरै उत्पादन गरिँदै आएको छ। कारखानाले उत्पादन गरेको चिया चीन र युरोपियन मुलुकमा जाने गरेको छ। कारखानामा दैनिक एक हजार किलोग्रामसम्म तयारी चियाको माग आइरहे पनि पुर्‍याउन नसकिएको हो।

बाह्य मुलुकको मागअनुसार पुर्‍याउन नसक्दा स्थानीयस्तरमा समेत बिक्रीका लागि व्यवसायीले पाउन सकेका छैनन्। कारखानाले यतिबेला मागअनुसार मात्र चिया उत्पादन गर्ने गरेको सुब्बाको भनाइ छ।

कारखानामा उत्पादन भएको चिया प्रतिकिलो रु ८ सयदेखि १५ हजार सम्ममा बिक्री हुँदै आएको छ। कारखानाले आफ्नै ५० रोपनी जमिन र भाडामा एक सय रोपनी गरी डेढ सय रोपनीमा चिया खेती गरेको छ। कारखानामा ६ जना पुरुष कामदारसहित २० जनाले रोजगारी पाएका छन्।

कारखानाले अहिले उन्नति समावेशी परियोजनाको सहयोगबाट चिया प्रशोधन गर्ने नयाँ मेसिन खरिद गरी एउटा नयाँ कारखाना भवन निर्माण सम्पन्न गरेको छ। मंसिर पहिलो हप्तामा उन्नतिकै सहयोगमा किसानलाई अग्र्यानिक चिया उत्पादनसम्बन्धी तालीम दिइएको छ। सो कारखानाले उन्नतिबाट रु एक करोड २८ लाख सहयोग प्राप्त गरेको सञ्चालक सुब्बाले बताए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ