वायू प्रदुषणले यसरी असर गर्दैछ बालबालिकाको मस्तिष्कमा , १ करोड ७० लाख प्रभावित

वायू प्रदुषणले यसरी असर गर्दैछ बालबालिकाको मस्तिष्कमा , १ करोड ७० लाख प्रभावित

  • बिहिबार, मंसिर २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

काठमाडौं ,मंसिर २१ ।

संयुक्त राष्ट्रसंघले वायु प्रदुषणका कारण एक बर्षमुनिका १ करोड ७० लाख बालबालिकाको मस्तिष्कमा प्रत्यक्ष असर पुगेको जनाएको छ ।

तीमध्ये १ करोड २० लाख बालबालिका दक्षिण एसियाका भएको युनिसेफको प्रतिवेदनमा उल्लेख छ । पूर्वी एसिया र प्रशान्तीय क्षेत्रका थप ४० लाख बालबालिकामा समेत वायू प्रदुषणको जोखिम रहेको प्रतिवेदनमा जनाइएको छ ।

युनिसेफका अनुसार वायू प्रदुषणका कारण बालबालिकाको मस्तिष्कको कोषिकाहरुमा क्षती हुने र विकासमा असर पुग्नेछ ।

जसको प्रभावस्वरुप बालबालिकाको स्मरणशक्ति कम हुने, बौद्धिक क्षमता घट्ने, व्यवहारमा परिवर्तन आउने तथा नसासम्बन्धी समस्या समेत देखापर्ने युनिसेफले जनाएको छ । यो प्रभाव जीवनभर रहने युनिसेफले उल्लेख गरेको छ ।

आवश्यक सुरक्षा प्रबन्ध तथा प्रदुषण कम गर्ने ठोस कार्ययोजना विना नै बढ्दो शहरीकरणका कारण आगामी दिनमा यो खतरा अझै बढ्नसक्नेतर्फ युनिसेफले सम्बन्धित सबैको ध्यानाकर्षण समेत गराएको छ ।

हावा प्रशोधन गर्ने प्रणाली तथा नाकमुख छोप्ने मास्कको प्रयोग बढाउन पनि युनिसेफले सबैलाई आग्रह गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ