मानवअधिकार संरक्षणका प्रयासहरुको सम्मान गरौँ– राष्ट्रपति चिनफिङ

मानवअधिकार संरक्षणका प्रयासहरुको सम्मान गरौँ– राष्ट्रपति चिनफिङ

  • बिहिबार, मंसिर २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

 

बेइजिङ, २१ मङसिर।

चिनियाँ राष्ट्रपति सि चिनफिङले तेस्रो विश्वका देशहरुले मानवअधिकारको विकास र रक्षाका लागि गरेका प्रयासहरुको सम्मान गर्न आग्रह गर्नुभएको छ ।

तेस्रो विश्वका मुलुकहरुले मानवअधिकारको विकास तथा रक्षाका क्षेत्रमा आ–आफ्ना प्रयास जारी राखेकोले त्यसको सम्मान गर्नुपर्ने उहाँले बताउनुभयो ।

बिहीबारदेखि बेइजिङमा सुरु भएको ‘साउथ–साउथ ह्युम्यान राइट्स फोरुम’ को उदघाटन सत्रमा दिनुभएको शुभकामना सन्देशमा उहाँले सो आग्रह गर्नुभएको हो ।

सो अवसरमा राष्ट्रपति सिले यस फोरमले विकासशील देशहरुमा मानवअधिकारको संरक्षणका क्षेत्रमा गरेको प्रयासका लागि हार्दिक बधाई दिनुभएको छ ।

उक्त सन्देशमा उहाँले राष्ट्रको विशिष्ठ अवस्था र जनताको चाहना एवम् आवश्यकता अनुसार मानवअधिकारको संरक्षण र प्रवर्धन हुने धारणा पनि राख्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ