रुसी राष्ट्रपति पुटिन आगामी निर्वाचनमा पनि राष्ट्रपतिको उम्मेदवार बन्ने

रुसी राष्ट्रपति पुटिन आगामी निर्वाचनमा पनि राष्ट्रपतिको उम्मेदवार बन्ने

  • बिहिबार, मंसिर २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

एजेन्सी, मंसिर २१ ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिन आगामी राष्ट्रपतीय निर्वाचनमा पनि उम्मेदवार बन्ने निश्चित भएको छ ।

आगामी वर्ष हुने राष्ट्रपतीय निर्वाचनमा उहाँ चौथो कार्यकालका लागि उम्मेदवार बन्न लाग्नु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

रुसको एक कारखानाका मजदुरलाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति पुटिनले आफ्नो उम्मेदवारीका बारेमा स्पष्ट पार्नु भएको हो ।

सन् २००० मा पहिलो पटक राष्ट्रपति बन्न भएका पुटिन कहिले प्रधानमन्त्री त कहिले राष्ट्रपति बन्दै सत्तामा रहदै आउँनु भएको छ ।

रुसमा पुटिनलाई एक शक्तिशाली नेताका रुपमा लिने गरिन्छ । राष्ट्रपति पदमा उम्मेदवारी दिने पुटिनको घोषणालाई मजदुरहरुले स्वागत गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ