भारतीय प्रसिद्ध अभिनेता शशीकपूरको निधन

भारतीय प्रसिद्ध अभिनेता शशीकपूरको निधन

  • सोमवार, मंसिर १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 13.2K
    SHARES

भारत, १८ मङ्सिर । भारतीय सिनेमा जगतमा अत्यन्तै सफल अभिनेता शशीकपूरको सोमबार निधन भएको छ । उहाँ ७९ बर्षको हुनुहुन्थ्यो ।

सन् १९७० देखि ८० को दशकमा एक सफल अभिनेता तथा निर्मातासमेत रहेर ख्याति कमाएका शशीकपूर लामो समयदेखि मृगौलासम्बन्धी रोगका कारण विरामी हुनुहुन्थ्यो ।

शशीकूमारको सोमबार कोकलिवेन अस्पतालमा उपचारका क्रममा निधन भएको उहाँको पारिवारिक स्रोतले जनाएको छ ।

शशीकपूरले १०० भन्दा बढी हिन्दी चलचित्रमा अभिनय गर्नुभएको थियो भने इश्माइल मर्चेण्ट र जेम्स आइभोरीद्वारा सञ्चालित मर्चेण्ट आइभोरी प्रोडक्सनले निर्माण गरेका केही अङ्ग्रेजी चलचित्रमा पनि अभिनय गर्नुभएको थियो ।

भारतीय सिने जगतमा उल्लेख्य योगदान पु¥याएका कपूर वंशमा जन्मनुभएका शशी भारतीय चलचित्रका प्रसिद्ध पूराना अभिनेता पृथ्वीराज कपूरका कान्छा छोरा हुनुहुन्थ्यो ।

उहाँको मङ्गलबार अन्त्येष्टि गरिने बताइएको छ । उहाँका दुई छोरा र एक छोरी हुनुहुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ