लाईसेन्सबिहीन दुई लाख सेवाग्राही : किन पाइँदैन स्मार्ट लाईसेन्स ?

लाईसेन्सबिहीन दुई लाख सेवाग्राही : किन पाइँदैन स्मार्ट लाईसेन्स ?

  • सोमवार, मंसिर १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 17.2K
    SHARES

ललितपुर , १८ मंसिर । ललितपुर इमाडोलकी अञ्जु कँडेलले स्कुटीको परीक्षा पास गरे पनि लाइसेन्स प्राप्त गर्न कम्तीमा ६ महिना कुर्नुपर्ने भएको छ।

दुई पटकमा ‘ट्रायल पास’ गरेकी कँडेललाई यातायात व्यवस्था कार्यालय एकान्तकुनाले ६ महिनापछि मात्र लाइसेन्सका लागि सम्पर्क गर्नुपर्ने जानकारी दिएको छ।
कंडेलेको गुनासो छ ‘परीक्षाको फाराम भर्न नै समस्या छ। राति नै गएर लाइनमा बस्नुपर्ने बाध्यता छ’, उनले भनिन्, ‘त्यगि गरेर फाराम बुझायो। फेरि परीक्षका लागि कुर्नुपर्छ। परीक्षा बल्लबल्ल पास गर्यो लाइसेन्स पाउनै गाह्रो। कँडेलले जस्तै ट्रायल पास गरेर पनि लाइसेन्स प्राप्त नगर्नेको संख्या झण्डै दुई लाख छ। यातायात व्यवस्था विभागले लाइसेन्सको दैनिक माग र उत्पादनमा ठूलो अन्तर रहेकाले ढिलाइ भएको बताएको छ।

विभागका अनुसार हाल दैनिक पाँच हजार लाइसेन्सको माग हुन्छ तर स्मार्ट लाइसेन्स प्रिन्ट भने दैनिक आठ सय वटामात्र हुन्छ। यसै कारण परीक्षा पास गरेको कम्तीमा ६ महिनापछि मात्र लाइसेन्स हातमा पर्ने अवस्था आएको विभागका प्रवक्ता टोकराज पाण्डेको भनाइ छ। गोरखापत्र ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ