नुवाकोट, १६ मंसिर ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भुकम्पबाट क्षतिग्रस्त आवास पुनःनिर्माणलाई तीव्रता दिन आजदेखि प्रत्येक वडामा इञ्जियिनर खटाउन लागेको छ ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुषालले अतिप्रभावित १४ जिल्लाका १३१ स्थानीय तहको प्रत्येक वडामा एक÷एकजना इञ्जियिनर पठाउन लागेको बताउनु भयो ।
आजबाट परिचालन हुने इञ्जिनियर वडा कार्यालयमा बसेर एक जनाले बढीमा पाँच सयजना भूकम्प प्रभावित लाभग्राहीलाई सेवा पु¥याउने छन् ।
आवास पुनःनिर्माणको लागि दक्ष जनशक्तिको अभाव रहेको भन्दै भुसालले पुस मसान्तसम्म ५० हजार नयाँ जनशक्तिलाई कालीगढ तालीम दिन लागिएको पनि जानकारी दिनुभयो ।
पुनःनिर्माण प्राधिकरणले यही मंसिर १८ गतेसम्म वडा कार्यालयमार्फत तालीम माग गर्नेलाई एक साताको कालीगढ तालीम निःशुल्क प्रदान गर्न लागेकाले पुस मसान्तसम्म ५० हजार नयाँ जनशक्ति उत्पादन गर्ने महत्वकांक्षी योजना बनाएको छ ।