भारत र श्रीलङ्कामा आएको शक्तिशाली आँधीबाट १६ को मृत्यु

भारत र श्रीलङ्कामा आएको शक्तिशाली आँधीबाट १६ को मृत्यु

  • शुक्रबार, मंसिर १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

एजेन्सी, १४ मङसिर ।

भारत र श्रीलङ्कामा आएको शक्तिशाली आँधीको कारण१६ जनाको मृत्यु भएको छ ।

आँधीबाट अन्य एक सय भन्दा बढी वेपत्ता भएको अन्तराष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् । साथै विद्युतीय लाइनहरु अवरुद्ध भएको अधिकारीहरुले जनाएका छन् ।

आँधीले सडक छेउका घरहरु भत्काएको वा उडाएको बताइएको छ । भारतको दक्षिणी भू–भाग तामिल नाडू र केरला प्रान्त बढी प्रभावित भएको छ भने श्रीलङ्काको दक्षिणी र मध्य प्रान्तहरुमा क्षति पुगेको छ ।
आँधी प्रभावित क्षेत्रका लाखौँ नागरिकलाई सुरक्षीत रहन आग्रह गरीएको छ ।

ती क्षेत्रका सवै बिद्यालय दुई दिनयता बन्द रहेका छन् । सडक, रेलमार्गसमेत बन्द भएको प्रकोप व्यवस्थापन केन्द्रले जानकारी दिएको छ ।

प्रकोप नियन्त्रण अधिकारका अनुसार आँधीको कारण भारतमा नौ र श्रीलङ्कामा सात व्यक्तिको मृत्यु भएको छ ।

प्रायः व्यक्तिहरु रुख ढलेको र ती ढलेको रुखहरुले किचेर मृत्यु भएको बताइएको छ ।

आँधीको कारण तटीय क्षेत्रको समुद्रमा माछा मार्ने डुङ्गाहरु समेत सबै उडाएको भारतका रक्षामन्त्री निर्मला सिथारमानले बताउनु भएको छ ।

हराउने अधिकांश नागरिक माछामार्न समुद्रमा गएका थिए । उनीहरु धेरैजसो व्यवसायिक मछुवा रहेका बताइएको छ ।

आज बिहानीपख यसको प्रभाव धरै देखिएको थियो । बिहीबार रातिदेखि नै व्यापक हावाहुरी आएको र पछि भीषण बर्षाले गर्दा यति ठूलो संख्यामा नागरिक हताहत र बेपत्ता भएका प्राप्त समाचारमा जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ