नुवाकोट, १५ मंसिर ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भुकम्पबाट क्षतिग्रस्त आवास पुनःनिर्माणलाई तीव्रता दिन भोलीदेखि प्रत्येक वडामा इञ्जियिनर खटाउन लागेको जनाएको छ ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुषालले अतिप्रभावित १४ जिल्लाका १३१ स्थानीय तहको प्रत्येक वडामा एक÷एकजना इञ्जियिनर पठाउन लागेको बताउनु भयो ।
भोलीबाट परिचालन हुने इञ्जिनियर वडा कार्यालयमा बसेर एक जनाले बढीमा पाँच सयजना भूकम्प प्रभावित लाभग्राहीलाई सेवा पु¥याउन जिम्मेवारी दिएर परिचालन गर्न लागिएको उहाँको भनाई छ ।
यसअघि साविकको गाविसमा एक÷एकजना इञ्जिनियर परिचालन भए पनि दरबन्दीअनुसार पूर्ति नभएको र भएका पनि जागिर छाडेर अन्यत्र जाँदा आवास निर्माणको काम प्रभावित अभाव मूल समस्या हुँदै आएको थियो ।
आवास पुनःनिर्माणको लागि दक्ष जनशक्तिको अभाव रहेको भन्दै भुसालले पुस मसान्तसम्म ५० हजार नयाँ जनशक्तिलाई कालीगढ तालीम दिन लागिएको पनि जानकारी दिनुभयो ।
पुनःनिर्माण प्राधिकरणले यही मंसिर १८ गतेसम्म वडा कार्यालयमार्फत तालीम माग गर्नेलाई एक साताको कालीगढ तालीम निःशुल्क प्रदान गर्न लागेकाले पुस मसान्तसम्म ५० हजार नयाँ जनशक्ति उत्पादन गर्ने महत्वकांक्षी योजना बनाएको छ ।
प्रमुख कार्यकारी अधिकृत भुसालले आवास पुनःनिर्माणमा उत्पन्न समस्या समाधानका लागि काठको सहज उपलब्ध गराउन, निर्माण सामग्री (ढुंगा, गिट्टी, बालुवा) स्थानीय तह मार्फत निःशुल्क उपलब्ध गराउन तथा सहुलियत दरमा व्यवस्था गर्न, आवास निर्माणको नक्सापास निःशुल्क र एक साताभित्रै गरिदिनस्थानीय तहका प्रमुख एवं कर्मचारीलाई निर्देशन पनि दिनुभयो ।
यस्तै, पुनःनिर्माण प्राधिकरणका प्रवक्ता यमलाल भुसालले भूकम्प प्रभावित भएर लाभग्राहीमा समावेश हुन छुटेकालाई यो मंसिर मसान्तसम्म स्थानीय तहमा निवेदन दिएमा पुनःजाँच गर्ने व्यवस्था मिलाएको बताउनुभयो ।