सी जिङपिङले तयार पारेको ६ सय कम्युनिस्ट पार्टीको सूचीमा नेपालको माओवादी १ नम्बरमा , मित्रशक्तिको रुपमा स्वीकार

सी जिङपिङले तयार पारेको ६ सय कम्युनिस्ट पार्टीको सूचीमा नेपालको माओवादी १ नम्बरमा , मित्रशक्तिको रुपमा स्वीकार

  • शुक्रबार, मंसिर १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

१५ मंसिर,काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीले विश्वका विभिन्न देशहरुमा विभिन्न पार्टी र समूह गरी ६ सय कम्युनिस्ट पार्टीको सूची तयार गरेको छ ।

सबै भन्दा पहिलो नम्बरमा नेपालको माओवादी पार्टीलाई राखेको छ । उसले माओवादी जनयुद्धले नेपालको परिवर्तनमा ठूलो भूमिका खेलेको भन्दै पहिलो नम्बरमा राखेको हो । उसले कुनै व्यक्तिको नाम भन्दापनि नेपालको माओवादी पार्टीलाई पहिलो मित्रशक्तिको रुपमा लिएको छ ।

जनयुद्धको नेतृत्वकर्ता प्रचण्डले नेकपा (माओवादी केन्द्र) को नेतृत्व गरेका कारण चीनले स्वभाविक रुपमा माओवादी केन्द्रको नाम लिएको हो ।

चीनमा जारी नेकपा माओवादी केन्द्र र चिनियाँ कम्युनिष्ट पार्टीका प्रतिनिधिहरुको अन्तक्र्रियामा विश्वका छ सय कम्युनिष्ट पार्टीहरुमध्ये नेपालको माओवादी पार्टीलाई पहिलो नम्बरमा राखेको हो ।

चिनियाँ कमयुनिष्ट पार्टीका विदेश विभागका एसिया व्युरो प्रमुख साव लिङले नेपाली माओवादीप्रति चीन सकारात्मक रहेको बताए । नेपाली राजनीतिको अग्रस्थानमा रहेको माओवादी आन्दोलन रहेको चीनले बताएको छ ।

हालै समपन्न १९ औँ महाधिवेशबाट नयाँ समाजवादी क्रान्तिको नीति लिएको चीनले विश्वमा सामाजवाद कसरी अगाडि बढ्छ भन्नेमा चासो लिएको उनले बताए ।

चीनको पछिल्लो धारणाले चिनियाँ कम्युनिस्ट पार्टीका नवनिर्वाचित महासचिव तथा राष्ट्रपति सी जिनपिङले नेपाली जनयुद्धलाई स्वीकार गरेको अर्थमा लिइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ