को थिए अदालतमै विष खाने प्राल्याक ?

को थिए अदालतमै विष खाने प्राल्याक ?

  • बिहिबार, मंसिर १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

एजेन्सी ,मंसिर १४ ।

बोस्नियाको गृहयुद्धका युद्ध अपराधी पूर्व सैनिक कमाण्डर स्लोबोदान प्राल्याकले हेगमा चलिरहेको सुनुवाईकै क्रममा विष पिए । ७२ वर्षीय प्राल्याकको अस्पतालमा उपचारको क्रममा मृत्यु भयो ।

स्लोबोदानसँगै ६ जना सैन्य अधिकारी तथा राजनीतिक नेताको मुद्धामा बुधबार हेगमा रहेको अन्तर्राष्ट्रिय आपराधिक न्यायालयमा सुनुवाई भैरहेको थियो । बोस्निया क्रोएसियाको सेना एचभिओ) का पूर्व कमाण्डरसमेत रहेका प्राल्याकलाई मानवता विरोधी अपराधमा सजाय सुनाइएको थियो । अदालतले आफ्नो सजाय कायमै राखेको थाहा पाएपछि उनले ‘मैले विष पिएको छु’ भनेका थिए । लगत्तै एम्बुलेन्स बोलाएर उनलाई अस्पताल पुर्‍याइए पनि उनको उपचारका क्रममा मृत्यु भएको थियो ।

स्लोबोदानलाई मोस्टार सहरमा गरिएको युद्ध अपराधका लागि सन् २०१३  मा २० वर्षको जेल सजाय सुनाइएको थियो । बुधबार त्यसै सजायविरुद्ध गरिएको अन्तिम अपिलमा सुनुवाई भैरहेको थियो ।

अन्तर्राष्ट्रिय अदालतका न्यायाधीशका अनुुसार प्राल्याकले सन् १९९३ मा सूचना पाउँदा पाउँदै पनि मुस्लिम समुदायमाथि सैनिकहरुले गरेको अत्याचारलाई रोक्न पहल गरेका थिएनन् । उनी घटनासँग जानकार रहँदा रहँदै पनि केही पहल गरेनन् । जसमा सयौँ मुस्लिम नागरिकको हत्या हुनुका साथै ऐतिहासिक मस्जिद भत्काइएको थियो । 

सन् १९९५ मा बोस्नियाको सेनाले पूर्वी बोस्नियामा झण्डै ८००० मुस्लिम नागरिकको हत्या गरेको थियो । यसलाई द्वितीय विश्व युद्धपछिको सबैभन्दा ठूलो अत्याचारका रुपमा लिइने गरेको छ ।

के हो त घटना ?

स्लोबोदान को मोस्टार शहर मा भएको युद्ध अपराधका कारण द्दण्ज्ञघ में द्दण् साल को सजाय सुनाईएके थियो । सोहि सजाको बिरुद्ध उनले अपिल जारी गरेका थिए ।

संयुक्त राष्ट्र युद्ध अपराधका न्यायधिसले स्लोबोदान ने ज्ञढढघ मा युद्धका बेला उक्त  सूचना मिलेपछि सैनिक प्रोज़ोरमा मुसलमालाई घेरे कार्य भएको र त्यसलाई रोक्न असफल भएको बताएक थिए ।

युद्धको शुरुआत मा बोस्नियाई सर्ब को बिरुद्ध युद्ध मा बोस्नियाई क्रोएट बोस्नियाई मुसलमान साथ थिए । तर ज्ञढढघ र ज्ञढढद्ध को बीच ज्ञज्ञ महीका लागी मोस्टार शहर मा क्रोएट्स र मुस्लिमबी आपसमा  युद्ध भयो ।

जुलाई ज्ञढढछ मा बोस्निया सर्ब सेना ले पूर्वी बोस्निया मा करीब डण्ण्ण् मुसलमान लाई मारेको जनाईएको छ ।

ज्ञढढद्द(ढछ का बीच भएको बोस्निया युद्ध को समय एक लाख भन्दा बढी मान्छे मान्छेको मृत्यु भएके थियो ।

यस्ता छन् स्लोबोदानका बारेमा केही तथ्य 

१९४५: स्लोबोदान प्राल्याकको जन्म केप्लिजिना(हालको बोस्निया–हर्जगोविना) मा भएको थियो ।

१९७०–७२ः  इन्जिनियरिङ, दर्शनशास्त्र, समाजशास्त्र तथा नाटकमा स्नातक

१९७०–८०ः बोस्नियामा युद्ध सुरु हुनुभन्दा पहिले प्राल्यकाले धेरै वर्ष अध्यापन गरे । उनले विभिन्न शैक्षिक संस्थामा दर्शन तथा समाजशास्त्र विषय अध्यापन गरे । उनले थिएटर निर्देशकका रुमा पनि काम गरे । उनले विभिन्न वृत्तचित्र पनि बनाएका छन् ।

१९८९ः  क्रोएसियाली सेनामा प्रवेश गर्नुभन्दा पहिले उनले ‘द रिटर्न अफ क्याटरिना कोजुल’ नामक चलचित्रको निर्देशन गरेका थिए ।

१९९१ः युगोस्लाभियामा युद्ध सुरु हुनुभन्दा पहिले क्रोएसियाली सेनामा प्रवेश गरे । मेजर जनलर ¥याङ्कमा उनी पदोन्नत भए ।

१९९३ः बोस्नियाली क्रोएट डिफेन्स फोर्सका कमाण्डर बने । उनलाई हतियार वितरणमा विशेष भूमिका प्रदान गरियो ।

१९९४ः मार्चमा अमेरिकामा क्रोएसियाली तथा मुस्लिम सेनाका नेता बीच एक युद्धविराम सम्झौता भयो ।
युद्धपश्चात उनी व्यवसायमा लागे । राजधानीमा उनले होटेल, बिल्डिङ तथा रेस्टुरेन्टमा लगानी गरे र

२००४ः आफूविरुद्ध लागेको विभिन्न आरोपमा निर्दोष रहेको भन्दै उनी अन्तर्राष्ट्रिय अदालत हेग पुगे । अस्थायी रुपमा उनको रिहाई भयो । यसै वर्ष मोस्टारमा रहेको ऐतिहासिक पुलको पुनर्निर्माण गरियो ।

२०१२ः हेगको सैन्य कारागरमा फर्कन आदेश दिइयो ।

२०१३ः मानवता विरोधी युद्ध अपराधमा दोषी ठहराउँदै उनलाई २० वर्षको जेल सजाय सुनाइयो ।

२९ नोभेम्बर २०१७ः जेल सजायविरुद्ध गरेको अन्तिम अपिलमा सुनुवाई भैरहेको समयमा अदालतमै उनले विष पिए । उपाचारका लागि अस्पताल लगिए पनि उनको अस्पतालमै मृत्यु भयो । –बीबीसीको सहयोगमा

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ