अर्जेन्टिनामा २९ जनालाई आजीवन जेल सजाय

अर्जेन्टिनामा २९ जनालाई आजीवन जेल सजाय

  • बिहिबार, मंसिर १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

एजेन्सी , मंसिर १४ ।
अर्जे्न्टिनाको उच्च अदालतले आपराधिक घटनामा संलग्न भएको आरोपमा दोषी ठहर गर्दै २९ जनालाई आजीवन जेल सजाय सुनाएको छ ।

सन् १९७६ देखि १९८३ सम्म अर्जे्न्टिनामा भएको तानाशाही शासनको बेला हत्या, हिंसा र अपहरणका घटनामा संलग्न भएको भन्दै बोएनोस एरेसस्थित एक अदालतले उनीहरुलाई आजीवन जेल सजाय सुनाएको हो ।

ती बाहेकका अन्य १९ जनालाई पनि ८ देखि २५ बर्षसम्मको जेल सजाय समेत सुनाईएको छ । अर्जे्न्टिनामा तानाशाही सैनिक शासनका बेला करीब ३० हजार मानिसको हत्या भएको त्यहाँका मानवअधिकारवादी संगठनले बताएका छन् ।

जसमध्ये अधिकांशको शव समेत नभेटिएको संगठनहरुको भनाई छ । हत्या हिंसा र अपहरणमा संलग्न भएको आरोपमा अर्जे्न्टिनी सरकारले १५ जना तत्कालिन सैन्य अधिकारीहरुलाई मृत्युदण्ड दिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ