पतिले ठट्टा गर्दै भने  ‘ह्वाट्सएपमा फोटो शेयर गरिदिन्छु’, पत्नीले गरिन् आत्महत्या

पतिले ठट्टा गर्दै भने  ‘ह्वाट्सएपमा फोटो शेयर गरिदिन्छु’, पत्नीले गरिन् आत्महत्या

  • बिहिबार, मंसिर १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

एजेन्सी,   मंसिर १४ । श्रीमानले ‘ह्वाट्सएप’ मा तिम्राे तस्वीर सार्वजनिक गरिदिन्छु भनेर ठट्टा गरेलगत्तै श्रीमतीले आत्महत्या गरेको तथ्य सार्वजनिक भएकाे छ ।

भारतको उज्जैनमा चर्म रोग विशेषज्ञ डा. नलिन पाटनीले श्रीमतीसँग उनकाे तस्वीर सार्वजनिक गर्ने बताएका थिए । श्रीमतीकाे अघिल्लो दाँतमा समस्या आएपछि मंगलबार दुवैजना एक दन्त क्लिनकमा पुगेका उनीहरूलाइ चिकित्सकले दाँत नै फुकाल्नुपर्ने सुझाव दिएपछि केही दिनमा दाँत फुकाल्ने निष्कर्षका साथ त्यहाँबाट फर्किएकाे भारतीय संचारमाध्यमले जनाएका छन् ।

भारतीय संचारमाध्यमका अनुसार घरमा पुगेपछि डा. नलिनले आफ्नी पत्नीलाई ठट्टा गर्दै ‘तिम्रो दाँत फुकालेपछि म एउटा तस्वीर लिएर ह्वाट्सएपमा सार्वजनिक गर्छु’ भनेका थिए ।

लगत्तै पत्नी आफ्नो कोठाभित्र गएको र केहीबेरमा बाहिर आएर आफूले विष सेवन गरेको बताएको नलिनलाई उद्धृत गर्दै विभिन्न संचारमाध्यमले जनाएका छन् ।

बुधबार शव परीक्षण गरिएको थियो । सो क्रममा अस्पतालमा डा. नलिन पनि थिए । उनले आफन्तहरुलाई घटनाबारे बताउँदै भने, ‘मैले गरेको ठट्टालाई उनले यति नराम्रो मान्छिन् र आत्महत्या नै गर्छिन् भन्ने थाहा पाएको भए यस्तो ठट्टा गर्ने नै थिइनँ ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी