अदालतमै बिष सेवन गरेका प्राल्जाकको मृत्यु

अदालतमै बिष सेवन गरेका प्राल्जाकको मृत्यु

  • बिहिबार, मंसिर १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

एजेन्सी, मंसिर १४ ।अदालतमै बिष सेवन गर्ने पूर्वबोस्नियन राजनीतिज्ञ स्लोबोदान प्राल्जाकको मृत्यु भएको छ ।

७२ वर्षीय प्राल्जाकले गरेको अपीलको सुनुवाईका क्रममा नेदरल्यान्ड्सको दि हेगस्थित अदालतले पहिला सुनाइएको २० वर्षे जेल सजायलाई यथावत् राख्ने निर्णय गरेपछि बिष सेवन गरेका थिए ।

बिष सेवन गरेपछि अस्पतालमा भर्ना गरिएको र उनको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अदालतले उनलाई पहिला सुनाएको २० वर्षे जेल सजाय यथावत् राख्ने निर्णय सुनाएलगत्तै सानो गिलासबाट बिष पिएका थिए ।

उनले बिष पिएको भनेपछि न्यायाधीशले कारबाही रोकेका थिए । त्यसपछि एम्बुलेन्समा राखेर उनलाई नेदरल्यान्डस्को हेगस्थित अदालतका सुरक्षागार्डले अस्पतालमा पुर्‍याएका थिए ।

सन् १९९० को दशकको शुरुआतमा भएको युद्धका क्रममा बोस्नियाली मुसलमानहरुको जातीय सफाया गरेको अभियोगसहित अन्य अपराधका लागि दोषी ठहर गरिएका छ जनाले गरेको अपीलमाथि अदालती सुनुवाई भइरहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ