कान्छी धनाढ्य क्याथरिनालाई जरिवाना

कान्छी धनाढ्य क्याथरिनालाई जरिवाना

  • बुधबार, मंसिर १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

एजेन्सी । विश्वकै दोस्रो कान्छी धनाढ्य क्याथरिना एन्डरसनलाई तीव्र गतिमा सवारी चलाएको अभियोगमा ३१ लाख ५१ हजार जरिवाना गरिएको फोब्र्स म्यागजिनले जनाएकाे छ  ।

नर्वेकी २२ वर्षीया क्याथरिनाले तेस्रो पटक तीव्र गतिमा सवारी चलाएको अभियोगमा नर्वेको प्रहरीले उक्त कारबाही गरेको हो । नर्वेको कानुनअनुसार अभियोग लागेको व्यक्तिको आम्दानीअनुसार जरिवाना गरिने भएकाले उनले यति ठूलो रकम तिर्नुपरेको हो ।

सुर्तीजन्य कम्पनीको सेयरको ठूलो हिस्सा ओगटेकी क्याथरिनासँग अहिले १ खर्ब ६८ अर्ब ५१ करोड रुपैयाँ छ । पिता जोहानले आफ्नो नाममा रहेको कम्पनीको ४२ प्रतिशत सेयर दुई छोरीलाई दिएपछि उनीसँग यति धन आएको हो । क्याथरिनाकी बहिनी २० वर्षीया एलेक्सज्यान्ड्रासँग पनि उत्तिकै सम्पत्ति छ ।

क्याथरिनालाई सम्भवत: १३ महिना सवारी चलाउन प्रतिबन्ध लाग्नुका साथै ३ साताको कारावास हुनेछ । उनका वकिलहरू कारावासको समयलाई १८ दिनसम्म पुर्‍याउने प्रयासमा छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ