काठमाण्डौ , १३ मंसिर । ग्लोबल आइएमइ बैंकको संचालक समितिले बैंकको प्रमुख कार्यकारी अधिकृतमा जनक शर्मा पौड्याललाई नियुक्त गरेको छ । बुधबार बसेको बैंक सञ्चालक समितिको बैंकठले यस अघि का.मु प्रमुख कार्यकारी अधिकृतको रुपमा रहनुभएका पौड्याललाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो । लण्डनबाट एमविए गर्नुभएका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत पौड्यालले बैंकिङ्ग क्षेत्रमा ३० बर्ष भन्दा बढिको अनुभव संगालिसक्नु भएको छ ।
उहाँले सन् १९८७ मा इन्ट्रि लेभल मार्फत नविल बैंकबाट आफ्नो करियर सुरु गर्नुभएको थियो । नबिल बैंकमा ११ बर्ष काम गरेपछि उहाँ तात्कालिन एनआइसी बैंक जानुभएको थियो । एनआइसी बैंक स्थापनामा सक्रिय भूमिका खेल्नु भएका पौड्यालले त्यहाँ पाँच बर्ष काम गरेपछि फेरि लक्ष्मी बैक स्थापनाका लागि प्रकृया थाल्न लक्ष्मि बैंकमा जानुभएको थियो ।
लक्ष्मी बैंकमा एक बर्ष काम गरेपछि पौड्याल अध्ययनका लागि लण्डन जानुभयो । लण्डनमा अध्ययनसँगै त्यहाँको बैंकमा पनि काम गरेको अनुभव उहाँसंग रहेको छ । उहाँले त्यहाँ साढे चार बर्ष काम गरेको अनुभव संगाल्नुभएको छ । त्यसपछि उहाँले तात्कालिन ग्लोबल बैंकमा सहायक महाप्रबन्धकका रुपमा काम सुरु गर्नुभएको थियो ।
तात्कालिन ग्लोबल बैंककोको सहायक महाप्रबन्धबाट नायव प्रमुख कार्यकारी अधिकृत तथा का.मु ु प्रमुख कार्यकारी अधिकृत हुदै उहाँ ग्लोबल आइएमई बैंक लि. को प्रमुख कार्यकारी अधिकृतको रुपमा चयन हुनुभएको हो ।