जब अभियुक्तले न्यायाधीशकै अगाडि विष पिए …

जब अभियुक्तले न्यायाधीशकै अगाडि विष पिए …

  • बुधबार, मंसिर १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

एजेन्सी, मंसिर १३ ।

युद्ध अपराधमा दोषी मानिएका अभियुक्तले अन्तराष्ट्रिय अदालतमा हेगमा विष खाएपछि सुनुवाई स्थगित भएको छ ।

स्लोबोदान प्राल्जाकसहित ६ जना बोस्नियन राजनैतिक नेतृत्व तथा सैनिक कमाण्डरहरुको मुद्धामा बुधबार सुनुवाई हुने कार्यक्रम तय गरिएको थियो । स्लोबोदानलाई पूर्वी मोस्टारमा भएको युद्ध अपराधमा दोषी ठहराउँदै सन् २०१३ मा २० वर्षको जेल सजाय सुनाइएको थियो ।

सुनुवाईकै क्रममा स्लोबोदानले ‘मैले विष पिएको छु’ भनेपछि सुनुवाई स्थगन भएको हो । स्लोबोदान उठेर हात उठाउँदै गिलासमा केही पिएको देखेपछि अदालती कारबाही रोकिएको हो । उनका वकिलले उनले विष नै पिएको बीबीसीले जनाएको छ ।

न्यायाधीशले उनले विष पिएको गिलास माग्दै गर्दा कसैले एम्बुलेन्स बोलाएको सुनिएको बीबीसी संवाददाता अन्ना होलिगानले हेगबाट बताएकी छिन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ