किशोरी बलात्कार र हत्याको अभियोगमा तीनजनालाई मृत्युदन्डको सजाय

किशोरी बलात्कार र हत्याको अभियोगमा तीनजनालाई मृत्युदन्डको सजाय

  • बुधबार, मंसिर १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

एजेन्सी , मंसिर १३ । १५ वर्षीया किशोरीलाई बलात्कार गरी हत्या गर्ने तीनजनालाई भारत, महाराष्ट्रको अहमदनगर जिल्ला अदालतले मृत्युदन्डको सजाय सुनाएको छ ।

२० वर्षका ती तीनजनाले गत वर्षको जुलाईमा उक्त घृणित कुकृत्य गरेका थिए । अदालतले नोभेम्बर १८ मा उनीहरुलाई दोषी ठहर गरेको थियो ।

पीडित किशोरी महाराष्ट्रको कथित उपल्लो जातकी र दोषीहरु कथित तल्लो जातका छन् । उनीहरु सबै स्थानीय कोपार्दी गाउँका बासिन्दा हुन् ।

घटनालगत्तै महाराष्ट्रमा लाखौं व्यक्ति मौनविरोध प्रदर्शनमा उत्रिएका थिए । यो घटनालाई दिल्लीमा सन् २०१२ को नृशंस सामूहिक बलात्कारकान्डसँगसमेत तुलना गरिएको छ ।

भारतमा पछिल्लो समय महिलाविरुद्धको अपराधका घटना निकै बढेका छन् । प्रत्येक वर्ष हजारौं बलात्कारका घटना प्रहरीमा उजुरी पर्ने गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ