उत्तर कोरियाद्वारा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण

उत्तर कोरियाद्वारा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण

  • बुधबार, मंसिर १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

एजेन्सी, मंसिर १३ ।
उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेको दक्षिण कोरियाले जनाएको छ । उत्तर कोरियाले परीक्षण गरेका मध्ये यो अहिलेसम्मकै ठूलो क्षमताको अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल रहेको अन्तराष्टिय सञ्चारमाध्यमले जनाएका छन् ।

उत्तर कोरियाको पछिल्लो कदमले विश्वव्यापी रुपमा खतरा पैदा गरेको अमेरिकी रक्षा मन्त्री जेम्स म्याटिसले बताउनु भयो । उत्तर कोरियाले आज परीक्षण गरेको मिसाइल झण्डै एक हजार किलोमिटर दूरी पार गरेर सि अफ जापानमा खसेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ ।

पछिल्लो मिसाइल परीक्षणले अन्तर्रा्ष्ट्रिय स्तरमा चिन्ता थपेको छ । यसअघि उत्तर कोरियाले गएको सेप्टेम्बरमा ब्यालेस्टिर मिसाइल परीक्षण गरेको थियो । त्यसको केही दिनअघि उसले आफ्नो छैटौं परमाणु परीक्षण सफल रुपमा गरेको थियो ।

उत्तर कोरियाले आज साउथ प्योङयाङको प्योङयाङबाट मिसाइल परीक्षण गरेको दक्षिण कोरियाको समाचार संस्था योनहापले जनाएको छ । मिसाइल झण्डै ५० मिनेट आकाशमा उडेको तर जापानको भूभागमा भने नरहेको जाापन सरकारले जनाएको छ ।

यसअघिका परीक्षण भने उत्तर कोरियाले जापानको माथि भएर जाने गरी मिसाइल परीक्षण गर्दै आएको थियो । उत्तर कोरियाको गतिविधिका कारण दक्षिण कोरिया, जापान, अमेरिका सहितका देशमा तनाव बढेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ