इन्डोनेसियामा ज्वालामुखीको खतरा बढेपछि एक लाख मानिसलाई अन्यत्र सर्न चेतावनी

इन्डोनेसियामा ज्वालामुखीको खतरा बढेपछि एक लाख मानिसलाई अन्यत्र सर्न चेतावनी

  • मङ्लबार, मंसिर १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाडौं, मंसिर १२ । इण्डोनेसियाको बाली द्वीपको माउन्ट आगुंगमा ज्वालामुखी फुट्ने खतरा बढेपछि त्यहाँका एक लाख मानिसलाई अन्यत्र जान चेतावनी दिइएको छ ।

इन्डोनेसियाको प्रशासनले बाली द्वीपमा उच्चस्तरीय चेतावनी दिँदै तत्काल आसपासको क्षेत्र खाली गर्न चेतावनी दिएको हो ।

प्रशासनले त्यहाँको विमानस्थल पनि बन्द गरिदिएको छ । जसका कारण कयौं यात्रु अलपत्र परेका छन् ।

माउन्ट आगुंगमा ३ हजार ४ सय मिटरको उचाईसम्म खरानी र धुँवाको मुस्लो फैलिएको छ ।

इन्डोनेसियाको राष्ट्रिय आपत प्रबन्ध बोर्डले माउन्ट आगुंगमा भएको ज्वालामुखीको आवाज १२ किलोमिटर परसम्म सुनिएको जनाएको छ ।

यहाँबाट सोमबार मात्रै ४० हजार मानिस अन्यत्र सरिसकेका छन् । इण्डोनेसियाको बाली एक प्रमुख पर्यटकीय स्थल हो ।

यद्यपि, ज्वालामुखीभन्दा यो क्षेत्र करिब ७० किलोमिटर टाढा पर्ने जनाइएको छ । ज्वालामुखीको घर मानिने इण्डोनेसियामा १३० ज्वालामुखी सक्रिय छन् ।

अन्तिमपटक माउन्ट आगुंग सन् १९६३ मा फुटेको थियो जसको कारण एक हजार जनाको मृत्यु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ