राष्ट्रिय गौरवका विमानस्थल निर्माणमा प्राथमिकता

राष्ट्रिय गौरवका विमानस्थल निर्माणमा प्राथमिकता

  • सोमवार, मंसिर ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौँ, मंसिर ११ । नेपाल नागरिक उडड्यन प्राधिकरणले राष्ट्रिय गौरवका आयोजना अन्तर्गत विमानस्थलको निर्माणमा प्राथमिकता दिएको छ ।

चालू आर्थिक वर्षको स्वीकृत वार्षिक बजेट, नीति र कार्यक्रमबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका महानिर्देशक संजीव गौतमले निर्माणाधीन गौतमवुद्ध विमानस्थल, पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल र बाराको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका लागि आवश्यक बजेट निर्धारण गरिएको बताउनुभयो । यी विमानस्थल पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिन्छन् ।

यस्तै प्रधिकरणले धनगढी, विराटनगर, जनकपुर, भैरहवा र नेपालगञ्जका विमानस्थललाई स्तरोन्नति गर्ने तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप कम गर्न हेलिप्याड निर्माणकार्य आरम्भ गरिने जनाएको छ ।

चालू वर्षका लागि कुल रु ४३ अर्ब ६६ करोड ५७ लाख आम्दानी र रु ४३ अर्ब ५९ करोड ६९ लाख खर्च गर्ने अनुमान गरेको प्रधिकरणले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ