अर्घाभगवती विमानस्थलका लागि रूख हटाउन सम्झौता हुँदै

अर्घाभगवती विमानस्थलका लागि रूख हटाउन सम्झौता हुँदै

  • सोमवार, मंसिर ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडौँ, ११ मंसिर । नेपाल नागरिक उड्डयन प्राधिकरण, एरोड्रम इन्जिनीयरिङ विभागले अर्घाभगवती विमानस्थल निर्माणस्थलमा रहेका रूखहरू हटाउने कार्यका लागि भुसाल कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि, सन्धिखर्क, अर्घाखाँचीलाई सम्झौता गर्न बोलाएको छ ।

विमानस्थल आयोजना प्रमुख इ चाँदमाला श्रेष्ठले आइतबार प्रालिलाई पत्राचार गरी १५ दिनभित्र स्वघोषणापत्र र कार्यतालिकासमेत तयार गरी सम्झौताका लागि आधिकारिक व्यक्तिलाई उपस्थित गराउन आग्रह गर्नुभएको छ ।

अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा त्यहाँको पुरानो भगवतीको मन्दिरको नामबाट बन्ने सो विमानस्थलको शिलान्यास तत्कालीन उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले गत साल असार १३ गते गर्नुभएको थियो । कुल लागत करिब रु ८० करोडको सो बहुवर्षीय आयोजना चार वर्षभित्र बन्ने बताइएको छ ।

त्रिभुवन विमानस्थलबाट करिब ३५ मिनेटमा अर्घाभगवती विमानस्थलमा पुग्न सकिनेछ । विमानस्थल बनेपछि गौतमबुद्ध जन्मस्थल लुम्बिनी र आसपासको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ । नेता रायमाझीले सोही विमानस्थलको निर्माण छिट्टै सम्पन्न गर्ने प्रतिबद्धता चुनावी अभियानका क्रममा व्यक्त गर्दै आउनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ