सिरियामा आक्रमणमा परी ७६ जनाको मृत्यु

सिरियामा आक्रमणमा परी ७६ जनाको मृत्यु

  • सोमवार, मंसिर ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

एजेन्सी, मंसिर ११ ।
सिरियाका विभिन्न क्षेत्रमा भएका छुट्टाछुट्टै आक्रमणमा ७६ जनाको मृत्यु भएको छ ।

पूर्वी गाउँ अल सफाहमा रुसले गरेको हवाई आक्रमणमा परी कम्तिमा ५३ जना सर्वसाधारणको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अधिकांश बालिबालिका रहेको मानवअधिकारवादी संघसंस्थाले जनाएका छन् ।

डेर अल जौरमा पर्ने सो गाउँलाई इस्लामिक अतिवादी समुह आईएसको अन्तिम पकड क्षेत्र मानिएको छ । आवासीय क्षेत्रमा आक्रमण भएको थियो ।

रुसले ६ वटा लामो दुरीको बम आक्रमण गरेको पुष्टी गर्दै लडाकु तथा उनीहरुको पकड क्षेत्रलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको छ । लामो समयदेखि गहृयुद्धको चपेटामा परेको सिरियाका राष्ट्रपति बसर अल असदलाई रुसले सहयोग गर्दै आएको छ ।

यस्तै, दमासकसनजिकै भएको सेनाको हवाई आक्रमणमा २३ जनाको मृत्यु भएको छ । पुर्वी घौटाका विभिन्न शहरहरुमा हवाई आक्रमण भएको सिरियास्थित मानवअधिकारसम्बन्धी बेलायती पर्यवेक्षक एसओएचआरले जनाएको छ ।
मृत्यु हुनेमा अधिकांश बालिबालिका रहेको एसओएचआरलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ